ट्याक्टरको ढालाले च्याप्दा लक्ष्मण कुमालको मृत्यु

शिवु खनाल, दाङ, चैत ३ । ट्याक्टरको ढालाले च्याप्दा दाङमा सहचालकको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका वडानम्वर–१ मलमला निवासी २१ वर्षिय सहचालक लक्ष्मण कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार राप्ती गाउँपालिका वडानम्वर–१ पुरानो भालुवाङ बजारमा ना ३ त ९८९५ नम्वरको ट्याक्टरमा सिमेन्ट अनलोड गर्दा पछाडिको ढालाले च्यापेर घाइते कुमालको उपचारका क्रममा मृत्यु भएको हो ।   घाइते कुमाललाई उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो । शवलाई पोष्मार्टका लागि लमही अस्पतालमा राखिएको छ । ट्याक्टर र चालक नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।         Facebook Comments