अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलन:प्रतिबन्ध गर्न खोजे प्रतिकार हुन्छ
कार्यक्रमको उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा आएका नेकपा माओवादीका स्थायी कमिटि सदस्य तथा जनसत्ता प्रमुख सन्तोष बुढा मगरले क्रान्तिकारीहरु धु्रवीकरण भएका कारण बाह्य शक्तिहरुको चलखेल बढेको बताउनुभयो ।
परिवर्तनमा सम्वाहकहरु विभिन्न कारण र प्रलोभनले धु्रवीकरणको अवस्थामा पुगेको भन्दै बुढाले त्यसको प्रत्यक्ष फाइदा बाह्य शक्तिहरु चल्मलाउने गरेको प्रष्टिकरण दिनुभयो । बुढाले नेपालमा अर्को नायकको जन्म हुन थालेको बताउनुभयो । विद्यार्थीहरुलाई परिवर्तन र क्रान्तिका लागि सक्रिय रहन आग्रह गर्दै बुढाले देशको समृद्धि र विकास कस्तो ल्याउने भन्ने कुरा विद्यार्थीहरुको हातमा रहेको बताउनुभयो ।
समृद्धिका लागि सामाजवादी बैज्ञानिक शिक्षा प्रणाली लागु गर्नुपर्ने भन्दै अहिलेको दोहोरो शिक्षा प्रणालीले नेपालका युवाहरुको क्षमता विकास भन्दा पनि ह्रास गर्ने टिप्पणी बताउनुभयो । भोलिको समाजवादी राज्यसत्ता कस्तो बनाउने भन्ने कुराको आन्दोलन गर्न तयार रहनु पनि विद्यार्थीहरुलाई उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्ने सहभागीहरुले राज्यले विभिन्न समयमा आफूहरुलाई समस्या थपेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले बेलाबेलामा सरकारले कार्यकर्ताहरुलाई दुःख दिन खोजेको भन्दै आफ्ना गतिविधिहरुमा प्रतिबन्ध गर्न खोजे त्यसको सशक्त रुपमा प्रतिकार हुने बताए । उनीहरुले आफूहरुलाई जनमुक्ति सेना निर्माण गर्न बाध्य नपार्न आग्रह गरे ।
नेपालमा क्षमता अनुसारको काम पाउने व्यवस्था ल्याउनका लागि अहिलेको राज्य प्रणालीबाट सम्भव नभएको भन्दै बुढाले देशको समृद्धि र विकास गर्नका लागि युवाहरुमा बैज्ञानिक शिक्षा प्रणाली अहिलेको प्रमुख आवश्यकताको विषय भएको बताउनुयो । एकाध व्यक्तिका लागि मात्र आएको गणतन्त्रले नेपाली सामाजिक विकासको क्रमलाई अगाडि बढाउन नसक्ने उनीहरुले बताए । बैज्ञानिक समाजबादी शिक्षा प्रणालीका लागि विद्यार्थीहरुले फेरि अर्को पटक नयाँ शिराबाठ आन्दोलन गर्नुपर्ने उनीहरुले बताए ।
अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष पूर्णबहादुर सिंहको अध्यक्षता तथा पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढा मगरको प्रमुख आतिथ्यताका भएको कार्यक्रममा दाङलगायत देशका विभिन्न जिल्लाहरुबाट विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।


Leave a comment