ताजा अपडेट

लक्ष्मीपुरमा जन्मदर्ता अभियान

          |   110 Views   |   Published Date : 12th March 2018 |

aad दाङ, फागुन । घोराही उपमहानगरपालिका वडानम्वर–४ ले जन्मदर्ता अभियान सम्पन्न गरेको छ । अभियानअन्तर्गत टोल टोलमा गएर बालबालिकाको जन्मदर्ता गरेको वडा कार्यालयले जनाएको छ । अभियानअन्तर्गत ९९ बालक र १ सय ३ बालिकाको जन्मदर्ता गरेको वडा कार्यालयका सचिव पुनाराम गिरीले बताउनुभयो ।


उहाँका अनुसार जन्मदर्ता अभियानको नेतृत्व वडाध्यक्ष भिमबहादुर सार्कीले गर्नुभएको छ । ‘टोल टोलमा गएर जन्मदर्ता गराउने काम भएको छ’, वडा सचिव गिरीले भन्नुभयो । उहाँका अनुसार सवारीकोट, जसपुर, बाराहाँगे, भकारे, बालिम, शान्तिनगर, बसन्तापुर, लक्ष्मीपुर गाउँमा जन्मदर्ता अभियान गरिएको थियो ।


अभियान झण्डै तीन सातासम्म चलेको थियो । अभियानमा जनप्रतिनिधि र वडा कार्यालयका ४ जना कर्मचारीको पनि सहभागिता थियो । ‘सबैको सहयोगले अभियान सफल भएको छ’, वडा कार्यालयका सचिव गिरीले भन्नुभयो, ‘जन्मदत्र्ता गराउन अभिभावक समेत सचेत भएका छन् ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१