ताजा अपडेट

योङ गन्स र धनगढी क्रिकेट एकेडमी बिजयी

          |   107 Views   |   Published Date : 12th March 2018 |

afu

दाङ, फागुन  । त्रिभुवननगर जेसिजको आयोजना तथा दाङ क्रिकेट संघको प्राबिधिक संयोजनमा सन्चालित जेसिज कप क्लब स्तरिय रास्ट्रीय क्रिकेट प्रतियोगिता, २०१८ अन्तर्गत आईतबार घोराही, गुलरिया स्थित मैदानमा योङ गन्स १०७ रनले र धनगढी क्रिकेट एकेडमी ६ विकेटले बिजयी भएका छन ।

पहिलो खेल अन्र्तगत इन्द्रेणी क्रिकेट क्लब भर्सेस योङ गन्समा टस हारेर फस्ट ब्याटिङ गरेको योङ गन्सले रितेस साहको ४२ रन र सुनिल भन्डारिको ६७ रनको सहयोगमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १७७ रन बनाएको थियो । इन्द्रेणी तर्फ जीवन के सि ले ३ विकेट र केसब खाक्रीले १ विकेट लिएका थिए ।

विशाल लक्ष पछ्यायको इन्द्रेणी १७.३ ओभरमा अल आउट हुँदै मात्र ७० रन बनाउन सफल रह्यो । सुरज धितालले १६ रन र भुवन गैर्हेले ११ रन बनायका थिए । इन्द्रेणीलाई सस्तैमा समेट्न योङ गन्सका अनिमेस साहको ४ विकेट महत्वपूर्ण रहेको थियो । योङ गन्सका सुनिल भन्डारी म्यान अफ द म्याच भएका थिए ।

दोश्रो खेल अन्र्तगत धनगढी क्रिकेट एकेडमी (डि सि ए ) भर्सेस घोराही क्रिकेट एकेडमी ( जि सि ए )मा टस हार्दै पहिले ब्याटिङ गरेको जि सि ए ले २० ओभरमा ५ विकेट गुमाउँदै जम्मा ९२ रन बनाएको थियो । जि सि एका तर्फबाट राहुल सिंह यादबले ३४ रन, सन्देस पान्डेले १५ रनको योगदान दिएका थिए । डि सि ए का महेस अधिकारिले उच्च २ विकेट लिएका थिए ।

झिनो लक्ष लियेर दोश्रो ब्याटिङ गरेको डि सि ए, ९.४ ओभरमा ४ विकेट गुमाउदै ९३ रन बनाउदै ६ विकेटको जित हात पारेको थियो । डि सि एका रोमन बमले ३० रन बनाएका थिए, भुवन कार्कीले १९ रन बनाए भने दिपेन्द्र थापाले २० रनको योगदान दिएका थिए । जि सि ए का विशाल केसिको नाममा २ विकेट, सुमन दसौदी र सन्देस पान्डेको नाममा समान १÷१ विकेट रहेको थियो ।

डि सि ए का भुवन कार्की १९ रन बनाउनुका साथै १ विकेट समेत लियेपछी म्यान अफ द म्याच भएका थिए । भोलि होलिल्यान्ड र नेपाल स्टार क्रिकेट क्लब बिच र जय नेपाल स्पोर्ट्स क्लब र जगौर क्रिकेट क्लब बिच गरि दुई खेल रहेको जानकारी दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले दिनुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१