ताजा अपडेट

जिससद्वारा सेवाखोलाको अनुगमन

          |   144 Views   |   Published Date : 12th March 2018 |

Jilla-samanya-samiti-660x330 दाङ, फागुन  । जिल्ला समन्वय समिति दाङले गिटी बालुवाका लागि टेण्डर गरेको सेवाखोलाको अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा गएको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको हो ।


अनुगमनमा मापदण्ड भन्दा केही गहिरो गरेर उत्खनन् गरेको भन्दै ठेकदारलाई सचेत र सहजक गराएको जिल्ला समन्वय समितिका प्रमुख नेपालीले बताउनुभयो । ‘पहिलो पटक सचेत गराउने काम गरेका छांै’, प्रमुख नेपालीले भन्नुभयो, ‘त्यो पालना नभए कारबाहीको काम हुन्छ ।’ उहाँका अनुसार ठेकदारले आगामी दिनमा त्यस्तो नगर्ने प्रतिवद्धता समेत गरेको छ । त्यसैगरेर अनुगमन टोलीले घोराही उपमहानगरपालिका १० को हापुर खोलामा स्टोर गरेर राखेको ढुंगाको समेत अनुगमन गरेको छ ।


ढुंगाका बारेमा तत्तकाल बैठक बोलाएर काम कारबाही अघि बढाउने भएको जिल्ला समन्वय समितिले जनाएको छ । अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, निमित्त समन्वय अधिकारी शहदेवबहादुर भण्डारी र जिल्ला समन्वय समितिका राजश्व शाखा प्रमुख विष्णु आचार्यको सहभागिता थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१