ताजा अपडेट

रेडक्रसको ३४ औं सभा पश्चिम दाङमा,

          |   84 Views   |   Published Date : 11th March 2018 |

abbbसुशील बस्नेत

दाङ, फागुन । तुलसीपुर उपहानगरपालिकाका मेयर घनश्याम पाण्डेले मानविय जोखिम न्यूनीकरणका लागि नेपाल रेडक्रशले बिशेष कार्य योजना बनाउनुपर्ने बताउनुभएको छ ।


नेपाल रेडक्रस सोसाइटी दाङको ३४ आंै सभा तथा अधिवेसनलाई शनिबार पश्चिम दाङको चखौरामा सम्बोधन गर्नु हुँदै मेयर पाण्डेले दाङमा पटक–पटक आउने बाढी र त्यसबाट हुने बिपत्त व्यवस्थापन, वनमा हुने डढेलो र यातायातका साधन र सडक दुर्घटनाबाट आउने बिपत्तलाई व्यवस्थापन र रुपान्तरणका लागि विषेश योजना बनाउन आग्रह गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘बिपत्त व्यवस्थापनका लागि पूर्व तयारी विषयमा आम नागरिकलाई प्रशिक्षण तथा जानकारी दिने विषयमा नेपाल रेडक्रसले कार्यक्रम ल्याउनुपर्छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य भगवती शर्मा, दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य सुरेन्द्र खड्का, संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरका बरिष्ठ सहजकर्ता एवं पत्रकार सुशील बस्नेत, श्रीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा द्वन्द्व व्यवस्थापन तथा रुपान्तरणमा भूमिका खेल्दै आएको संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरलाई सम्मान गरिएको थियो ।

यस्तै राप्ती अञ्चल अस्पताल तुलसीपुरको परिसरमा रक्त सञ्चार सेवा सञ्चालनार्थ भवन निर्माण गर्ने दाता बामदेव उपाध्याय, घोराहीस्थित रक्त सञ्चार सेवा सञ्चालनार्थ सहयोग गर्ने नेपाल महिला सामुदायीक केन्द्र घोराही, खानेपानी डिभिजन कार्यालयका ईञ्जिनियर तिलक न्यौपाने, श्रीगाउँमा नेपाल रेडक्रसलाई जग्गा दान गर्ने दाता जानका थापा, बिजौरीका दाता लक्ष्मण योगीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस उपशाखा कार्यालय बागर दाङका सभापति शिव सुन्दर बुढाथोकीले स्वागत मन्तव्य र सहजीकरण जिल्ला सदस्य शिवकुमार थापाले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१