ताजा अपडेट

बालमैत्री वडा बनाउन घरदैलो अभियान

          |   95 Views   |   Published Date : 11th March 2018 |

100420161041411-balbalika-1000x0-620x330

निरला अर्याल गैरे तुलसीपुर, फागुन  । बाल संरक्षण तथा सम्बद्र्धन समितिले तुलसीपुर उपमहानगरपालिका वडानम्वर–६ को विभिन्न टोलमा जन्मदर्ता, बालविवाह, र बालश्रमको बारेमा अभिमुखीकरण तथा घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।


बालमैत्री नगर बनाऔं, समयमै जन्मदर्ता गरौं, बाल अधिकारको सुनिश्चित गरौं, बालविवाह तथा बालश्रम अन्त्य गरौं भन्ने नारा सहित वडास्तरिय बाल संरक्षण तथा सम्बद्र्धन समिति, वडा बाल क्लव र नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको सहकार्यमा ६ नम्वर वडाका सम्पूर्ण टोलटोलमा पुगी घर देलो अभियानलाई निरन्तरता दिएकोे ६ नम्वर वडाका वडा सदस्य तथा वडास्तरिय बाल संरक्षण सम्वद्र्धन समितिका संयोजक दुजमान भण्यडारी (वर्षात) ले जानकारी दिनुभएको छ ।


जन्मदर्ता गराउँदा के–के फाइदा हुन्छ, बालविवाह गर्दा के असर पर्छ । बालश्रम गराउँदा बालबालिकालाई के असर पुग्छ भन्ने विषयमा स्थानीय बालमैत्री स्थानीय शासनका जिल्ला सहजकर्ता नानीमैया वलीले जानकारी दिनुभयो । त्यस्तै बाल अधिकारका बारेमा बाल संरक्षण तथा सम्वद्र्धन समितिका सदस्य तथा पत्रकार निरला अर्यालले जानकारी दिइन् । वडाका विभिन्न टोलहरुमा बालबालिकाले आफै माइकिङ गर्दै जन्मदर्ता जन्मेको ३५ दिनभित्र गरौं, सबै बालबालिकालाई विद्यालय पठाऔं, बालविवाह अन्त्य गरौं, बालश्रम राखेका रोजगारदातालाइ कानुनी दण्ड सजाय दिलाऔं भन्दै करिव घरघरमा जनचेतना फैलाउँदै हिडेका छन् ।
सुन्दर नगर टोल विकास संस्थाका अध्यक्ष राजकुमार विकको अध्यक्षतामा भएको कार्यक्रमा वडासदस्य यमुना परियारलगायतकाले बालबालिकाको बारेमा भनाई राख्नुभएको थियो । यो अभियानलाई निरन्तरता दिई पूर्णरुपमा बालमैत्री वडा बनाउन लागिपरेको वडाध्यक्ष नवराज लामिछानेले बताउनुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१