ताजा अपडेट

जेसीज कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु

          |   104 Views   |   Published Date : 11th March 2018 |

28872535_1914217541953178_4460315372009054855_n सन्तोष अधिकारीदाङ, फागुन  । दाङको घोराहीमा शनिबारदेखि जेसीज कप क्लव स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगीता–२०१८ सुरु भएको छ । त्रिभुवननगर जेसीजले सन् २०१६ मा जिल्लास्तरिय क्रिकेट प्रतियोगीता सञ्चालन गरेको थियो, भने यसपटक राष्ट्रिय स्तरको प्रतियोगीता गर्न लागेको हो।

त्रिभुवननगर जेसीजको आयोजना तथा दाङ क्रिकेट संघको प्रविधिक संयोजनमा घोराही १७ गुलरियामा राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन जेसीजका केन्द्रीय उपाध्यक्ष जेसी विजय घिमिरेले बलिङ र घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले ब्याटिङ गरेर सुरु गर्नुभएको थियो । प्रतियोगिताको उद्घटन गर्दै प्रमुख अतिथि चौधरीले क्रिकेट प्रतियोगिताले दाङ जिल्लाकै गौरव बढाएको बताउनुभएको छ् ।


युवाहरुले फुर्सदको समयलाई खेर नफाली समय समयमा विभिन्न खेलहरुको विकासमा लाग्न मेयरले सुझाव समेत दिनुभएको थियो । घोराही उपमहानगरपालिकाले नीतिगतरुपमै क्रिकेट खेलको विकास, खेलाडीको प्रबद्र्धनमा योजना बनाएको भन्दै फुर्सदको समयलाई खेलप्रति केन्द्रित गर्न युवावर्गलाई मेयर चौधरीले आग्रह समेत गरे । खेलको बिकासका लागि हरेक ठाउँमा उपमहानगरपालिकाले लगानी गर्ने भन्दै उहाँले युवाहरुले खेलप्रति चासो बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणी भण्डारीले देशका विभिन्न जिल्लाबाट १६ क्लवहरु सहभागी भएको खेल आगामी मंसिर ४ गतेसम्म चल्ने जानकारी दिनुभयो । जस अनुसार युएनविसी घोराही, घोराही क्रिकेट एकेडेमी, पुरन्धारा क्रिकेट क्लव दाङ, ईन्द्रेणी क्रिकेट क्लव भालुवाङ, घोराही ग्लाइडर क्रिकेट क्लव, न्यु होराइजन क्रिकेट क्लव भैरहवा, योङगन क्रिकेट क्लव नेपालगञ्ज, महाकाली क्रिकेट क्लव, जगवार क्रिकेट क्लव बाँके, होली ल्याण्ड बाँके, पब्लीक ज्ञानज्योति तुलसीपुर, देवदह क्रिकेट युनिट बुटवल, सुर्खेत क्रिकेट संघ, जय नेपाल स्पोर्टस क्लव कृष्णनगर, न्यु स्टार क्रिकेट क्वल कोहलपुर र दङाली क्रिकेट एक्याडमी रहेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख २५ हजार रुपैयासहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने छ, भने दोस्रो हुनेलाई ५० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी म्यान अफ द सिरिजलाई नगद १५ हजारसहित शिल्ड र प्रमाणपत्र, वेष्ट वलरलाई १० हजार नगदका साथमा शिल्ड र प्रमाणपत्र दिइने पन्तले बताउनुभयो । उत्कृष्ट ब्याट्स् म्यान र उत्कृष्ट ईमरजिङ खेलाडीलाई दश÷दश हजार नगदसहित शिल्ड र प्रमाणपत्र दिने आयोजकले जनाएको छ । त्यसैगरी प्रत्येक दिनका म्यान अफ द म्याचलाई दुई हजार नगदसहित शिल्ड र प्रमाण पत्र प्रदान गरिने छ ।
शनिबार उद्घाटन खेल युनाइटेड नयाँबजार क्लव युएनविसी तथा पुरन्धारा क्रिकेट क्लव दाङ बीच सम्पन्न भएको छ । खेलमा घोराहीको युएनविसी ४१ रनले विजयी भएको छ । टस जितेर पहिला व्याटिङ रोजेको युएनविसीले २० ओभरमा ५ विकेट गुमाई १ सय ६८ रन बनाउन सफल भएको थियो । जसमा सुमन पुनले ६ चौका र २ छक्का प्रहार गर्दै २० बलमा ३९ रन बनाउनुभएको थियो, भने राजविर सिंहले ५ छक्का प्रहार गर्र्दै २६ बलमा ३२ रन जोड्न सफल हुनुभएको थियो ।
त्यसैगरी सञ्जु पुनले २ छक्का प्रहार गर्दै १३ वलमा जम्मा १२ रन जोड्नुभएको थियो । १६९ रनको विजयी लक्ष्य पाएको पुरन्धारा क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १ सय २७ रन मात्र जोडेको थियो । पुरन्धारा क्रिकेट क्लवको तर्फबाट सराव अन्सारीले , ४५ विराट भण्डारीले ३१ र सोनु वलले १३ रन जोड्नुभएको थियो । शनिबारको खेलमा युएनविसिका ३९ रनको योगदान दिने सुमन पुन म्यान अफ दि म्याच घोषित हुनुभएको थियो ।
आइतबार बिहान धनगढी क्रिकेट एकेडेमी र घोराही क्रिकेट एकेडेमी बीच हुनेछ, भने दोस्रो खेल ईन्द्रेणी क्रिकेट क्लव भालुवाङ र योङगन्ज क्रिकेट क्लव नेपालगञ्ज बीच हुने आयोजकले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१