ताजा अपडेट

जिल्लामै पहिलो पटक आयोजना गरिएको बाल खेल उत्सवमा बालबालिकाहरुको गतिविधिहरु

          |   383 Views   |   Published Date : 11th March 2018 |

28872176_1712397808823486_1923499565848462482_n नवीन अभिलाषी दाङ, फागुन  । तीनदेखि सात÷आठ वर्षका साना–साना नानीबाबुहरु नाँचे, खेले र रमाए । अभिभावकहरु चाख मानी मानी हेरे र उनीहरु पनि रमाए । जिल्लामै पहिलो पटक आयोजना गरिएको बाल खेल उत्सवमा बालबालिकाहरुले विभिन्न खेलहरु खेले, नृत्य देखाए र सबैलाई रमाइलो समेत प्रदान गरे ।


घोराहीको मावि रझेना स्कुलमा आयोजना गरिएको कार्यक्रममा जम्मा भएका विभिन्न आठ विद्यालयका बालबालिकाहरुले आफूलाई विशेष महत्वको महसुस गरे । मन्टेश्वरी कक्षामा खेल्दै गरेका बालबालिकाहरुलाई स्कुल आफ टे«निङ प्रालिले बाल खेल उत्सवमा सहभागी गराएर विभिन्न खेलहरु खेलाएको हो । आफ्नो विद्यालयको परिचय झल्काउने भेषभुषामा सहभागी भएका उनीहरु मार्च पास गर्र्दै मञ्चमा प्रवेश गरेका थिए । विद्यालयगत समूहमा उपस्थित भएका साना–साना नानीबाबुहरुले राष्ट्रिय गीतमा सामुहिक नृत्य गरे भने विभिन्न खेलहरु खेल्दै सबैको मन ताने ।


जिल्लामै पहिलो पटक आयोजना गरिएको बाल खेल उत्सवमा बालबालिकाहरुको गतिविधिहरु देखेर अभिभावक, शिक्षक र अतिथिहरु समेत रमाइलो मानेर हेरे । बालबालिकाको सर्वांगीण विकासमा मद्दत गर्ने उद्देश्यको साथमा आयोजना गरिएको बाल खेल उत्सवमा एक सय बढि बालबालिकाहरु सहभागी भएर विभिन्न खेलहरु खेलेका छन् ।
स्कुल अफ टेनिङका सञ्चालक प्रतिक्षा अधिकारी गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद अमरबहादुर डाँगीले बालबालिकाहरुको चौतर्फि विकासका लागि किताबी ज्ञानले मात्र नपुग्ने बताउनुभयो । ‘विश्व धेरै अगाडि पुगिसकेको छ, अहिलेका साना साना बालबालिकाहरुलाई किताबको ज्ञानले मात्र पुग्दैन’, डाँगीले भन्नुभयो, ‘उनीहरुको विकासका लागि पूर्णरुपमा सामाजिक संस्कार र चेतना भर्न आवश्यक छ ।’
कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले आजका बालबालिकाहरलाई सामाजिक बनाउन चुनौति रहेको बताए । अहिलेको मानिसहरु व्यक्तिगत रुपमा मात्रै सोच्ने अवस्था आएको भन्दै उनीहरुले आफ्ना सन्तानहरुलाई सामाजिक रुपमा घुलमिल हुने, रमाइलो गर्ने, क्षमता अनुसारको आफूलाई भविष्यमा विकास गर्र्दै लैजाने विषयमा अभिभावकहरुले सोच्नुपर्ने बताएका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडानम्वर–१४ का अध्यक्ष शक्तिराम डाँगी, वडानम्वर–१५ का अध्यक्ष रमेश पाण्डेय, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण लक्ष्मी केसीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१