सुसाइड नोट लेखेर पत्रकारले गरे आत्महत्या
फेसबुकमा उस्तै प्रकृतिको सुसाइड नोट लेखेर बझाङका रेडियो पत्रकार गोविन्द बोहराले आत्महत्या गरेका छन ।
शुक्रबार साँझ आफ्नो फेसबुक वालमा आमा बुवालाई सम्बोधन गर्दै आत्महत्या गरेका छन् । बोहरा शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
प्रशारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक रहेका बोहरा यसअघि बझाङकै रेडियो सेतीमा कार्यरत थिए । रेडियो स्थापनाकै सिलसिलामा २ महिनाअघि काठमाडौं गएका बोहरा काठमाडौंबाट सञ्चालन हुने आहाखबर डटकम अनलाइनमा पनि काम गरिरहेका थिए ।
बझाङ घर भएर काठमाडौंमा पत्रकारिता गरिरहेका प्रताप वलीको डेरामा सँगै बस्ने गरेका बोहरा केही दिन यता आर्थिक समस्याको कारणले तनावमा रहेको ओलीले बताएका छन । शुक्रबार दिउँसो १ बजे तिर कोठाबाट बेपत्ता भएका बोहराले साँझ ८ वजे तिर आफ्नो मोबाइलमा म्यासेज लेखेर आफूले आत्महत्या गर्न लागेको भनेर खबर गरेको ओलीले बताएका छन । बोहराका श्रीमती र २ वर्षका १ छोरा छन् ।
बोहरालाई बचाउन सकिन्थ्यो
बोहराले आत्महत्या गर्न लागेको म्यासेज गरेपछि ७ बजे तिर आफूले प्रहरीलाई खबर गरेको प्रताप वलीको भनाई छ । प्रहरीले उनको मोबाइलमा फोन गर्दा सम्पर्क भए उनले फोन उठाइरहेका थिएनन ।
‘मोबाइल र फेसबुक चलेको आधारमा उनको लोकेसन पत्ता लगाउन मैले विभिन्न ठाउँमा प्रहरीलाई खबर गरे’ वलीले भने, ‘प्रहरीले अदालतको आदेश बिना उनको मोबाइल ट्रयाक गर्न नमिल्ने भनेर पन्छिए । राति ११ बजेसम्म फोनमा सम्पर्क भैरहेको थियो । ११ बजे तिर अफ् भयो’ तत्काल लोकेसन पत्ता लगाउन सकेको भए उनलाई बचाउन सकिन्थ्यो ।


Leave a comment