ताजा अपडेट

मोटरसाइकलको ठक्करबाट एक ट्राफिक प्रहरी घाइते

          |   94 Views   |   Published Date : 10th March 2018 |

सुर्खेत : सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक ट्राफिक प्रहरी घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिका- ७ गौजनी मोडमा भे७प ४६५४ नम्बरको मोटरसाइकले ठक्कर दिँदा ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान कुलबहादुर शाही घाइते भएका हुन्।

तीन जना सवारी रहेको मोटरसाइकलाई ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्न खोज्दा मोटरसाइकलले ठक्कर दिएको ट्राफिक प्रहरी प्रमुख कवी सेन्चुरीले जानकारी दिए।

ठक्कर दिने मोटरसाइकल चालक वीरेन्द्रनगर-७ का १९ वर्षीय सुदिप थापा र पछाडि बस्ने १५ वर्षीय शिवकुमार बि.क. लाई प्रहरीले नियन्त्रणमा लिएको छ। आर्का १५ वर्षीय नवराज देशवा फरार रहेको ट्राफिक प्रहरीले जनाएको छ। घाइते प्रहरी जवानलाई उपचारका लागि नेपालगंज पठाइएको प्रहरीले जनाएको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१