भारतलाई ट्रम्पको धम्की: कर नघटाए नतिजा भोग्न तयार हुनू

एजेन्सी, फागुन २६: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख साझेदारमध्ये एक भारतलाई करको विषयमा धम्की दिएका छन् । जापान र बेलायतपछि प्रमुख ब्यापारिक साझेदार मानिएको भारतलाई ट्रम्पले दिएको यो धम्कीले दुई देशबीचको सम्बन्धमा पनि तनाव बढ्न सक्ने अनुमान गरिएको छ। अमेरिकालाई आफ्नो प्रमुख प्रतिस्पर्धी चीनसँगै जोडेर भारतलाई पनि अमेरिकी कम्पनीहरु माथिको कर नघटाए आफ्नो देशमा रहेका कम्पनीमाथि पनि दोब्बर कर थोपरिदिने धम्की दिएका हुन् । ट्रम्पले यी दुई देशमा रहेका अमेरिकी कम्पनीमाथि लगाइएको कर घटाउनै पर्ने यदि नघटाइए त्यसविरुद्ध आफूले कडा कदम चाल्न बाध्य हुने उल्लेख गरेका छन् । व्हाइट हाउसको कार्यक्रममा बोल्दै उनले भने, ‘हामी बराबरीको करण प्रणाली लागू गर्न सक्छौँ । यदि उनीहरु २५,५० या ७५ प्रतिशत कर थोपर्छन् भने हामी पनि उनीहरुकै बराबरको कर उनीहरुबाट असुल्न जान्दछौँ । यदि उनीहरु हामीसँग ५० लिन्छन् भने हामी पनि उनीहरुबाट ५० प्रतिशत असुल्छौँ ।’ पछिल्लो केही समयदेखि ट्रम्पले अमेरिकाबाट आयात गरिने महँगो मोटरसाइकल हार्ले डेभिडसनमाथि ५० प्रतिशत कर लगाएकोबारेमा भारतमाथि प्रश्न उठाइरहेका छन् । ट्रम्पले आफूहरुले भारतबाट आयात गर्ने मोटरसाइकलमा पनि त्यसरी कर नलागएको जिकिर गरेका छन् । उनले अगाडि भने, ‘चीन र भारत इस्पातमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत आयात शुल्क लगाइरहेका छन् ।’ २७ फेब्रुअरीमा व्हाइट हाउसमा गभर्नरलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए, ‘हामी भारतबाट निष्पक्ष व्यापार चाहन्छौँ … Continue reading भारतलाई ट्रम्पको धम्की: कर नघटाए नतिजा भोग्न तयार हुनू