ताजा अपडेट

महोत्सवमा भ्याईनभ्याई: मोडल एवं डान्सर टीका जिसी कसरी पर्नु भयो प्रेमजालमा ?

          |   187 Views   |   Published Date : 10th March 2018 |

28829846_561199447582377_1911806114_n दाङ फागुण  । हेर्दा पनि अति नै राम्री मोडल एवं डान्सर टीका जिसीको यतिबेला लभ परेको छ । बर्दिया निवासी जिसीले हाल काठमाडौमा बसेर मोड्लिङ यात्रालाई अगाडी बढाई रहनुभएको छ ।


दुईसय बढि गीतहरुमा भिजवल गर्नु भएकी टीकालाई सामाजिक सञ्जालबाट होस वा प्रत्यक्ष भेटमा नै किन नहोस्, प्रेम प्रस्तावहरु आएर हैरान छ । तर सिङ्गल रहने अठोटका साथ यो क्षेत्रमा लागि परेकी टीका अन्तत्वगत्वा प्रेम पुजारी नै बन्न पुग्नु भएको छ ।

उहाँ यतिबेला एक युवकको प्रेममा पर्नु भएको छ । चर्चित निर्देशक विक्रम चौहानको प्रेमजालमा रियल लाइफमा नभएर रिल लाईफमा प्रेमजालमा पर्नु भएकी टीका यतिसम्म उहाँप्रति नतमष्तक हुनु भएको छकी ‘मन पराए’ बोलको गीतको भिजवलमा विक्रमसँग काँधमा काँध जोडेर नाँच्नु भएको छ । हरेक गीतहरुमा प्रफेक्ट एक्टिङ गर्दै आउनु भएकी टीकाले यो गीतमा पनि आफ्नो दमदार अभिनय राखेकै कारण दर्शकहरुले गीत हेरेर प्रेमभाव उत्पन्न भएको महसुस गर्छन् ।
हाल विभिन्न महोत्सवहरुमा आफ्नो प्रस्तुतीका लागि गइरहनु भएकी टीकाले गीतहरुको सुटिङका लागि समय पनि निकालि रहनु भएको छ । उक्त गीतका लागि पनि अत्यन्त भ्याईनभ्याई समय निकालेकी टीकाले गीतका लागि चाहिने अभिनय भने प्रफेक्ट दिनुभएको छ । भविष्यमा नायीका समेत बन्ने सोँच राख्नु भएकी टीका डान्समा पनि पोक्त हुनुहुन्छ । सबैसँग मिल्न सक्ने,
नरम स्वभावकी टीकासँग पनि अन्य कलाकार जस्तै स्थापित हुनका लागि झन्झट व्यहोरेको अनुभव छ । हिम्मत नहार्दा सफल भइने रहेछ भन्दै टीका भन्नु हुन्छ, ‘म मोडलिङ क्षेत्रमै रमाउन चाहन्छु ।’
सप्त ऋषि म्युजिक प्रालिको प्रस्तुतिमा जमुना पुन मगरको नौलो प्रस्तुती लोक दोहोरी गीत ‘मन पराए’ले श्रोताहरुको भरपुर माया पाएको छ । केही समय अगाडी सार्बजनिक भएको उक्त गीतलाई युट्यूवमा अत्यधिकले हेरेका छन् । ऋषि खड्काको लय शब्द तथा जमुना पुनमगर र ऋषि खड्काकै आवाजमा तयार पारिएको गीतलाई केही दिन अगाडि सार्वजनिक गरिएको थियो ।
अहिलेका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन र प्रकाश खड्काको छायाङ्कनमा तयार पारिएको भिडियो पनि राम्रो बनेको छ । बिक्रम चौहान र मोडल एवं चर्चित डान्सर टीका जैशिको अभिनय रहेको गीतमा ‘तिमीलाई मन पराए’ भन्दै एक अर्का प्रति गायकहरुले शव्द मार्फत भावना पोखेका छन् ।

बि स्टार फिलिम्स प्रालिले दृश्य निर्माण गरेको भिडियोलाई ऋषि खड्का नामक अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ भने उक्त गीतको सम्पादन मिलन बि.क. ले गर्नुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१