१०८ आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ‘नीति फेरियो, दृष्टिकोण फेरिएन’

नवीन अभिलाषी दाङ, फागुन  । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीहरुले व्यवस्था परिवर्तनको महसुस हुन नसकेको बताएका छन् । राजनीतिक परिवर्तनपछि लोकतान्त्रिक व्यवस्थाको कार्यान्वयन भइरहँदा समेत लंैगीक विभेदको अन्त्य हुन नसकेको अधिकारकर्मीहरुको गुनासो छ । दाङ सहित नेपाल र विश्वभर बिहीबार मनाइएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दाङका महिला अधिकारकर्मीहरुले विकासमा साझेदारी माग गर्दै परिवर्तनको महसुस हुन आवश्यक रहेको बताए । विकास र समृद्धिका चर्का नाराहरु लागिरहेको समयमा पनि महिला र पुरुष बीचमा गहिरो खाडल देखिएको भन्दै उनीहरुले विभेदको अन्त्य हुनुपर्ने बताए । महिला माथि हुने सम्पूर्ण प्रकारका विभेद तथा यातनाहरुको अन्त्य र अवसरहरुमा समान सहभागीता, समान कामको समान ज्यालालगायतका विषयमा अहिले पनि समस्या देखिएको उनीहरुको भनाई छ । जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले राजनीतिक आन्दोलनले महिलाहरुको अधिकारलाई स्थापित गरेको भन्दै त्यसको कार्यान्वयन अहिले प्राथमिकताको विषय भएको बताउनुभयो । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले महिलालाई उद्यमी बनाउँदै आयआर्जनमा लगाउनुपर्ने बताउनुभयो । महिला अधिकारकर्मी लक्ष्मी आचार्यले महिलाका लागि नारा, कानुन र व्यवस्था फेरिए पनि दृष्टिकोण नफेरिएको बताउनुभयो । महिला तथा बालबालिका कार्यालय दाङकी प्रमुख विश्वमणी जोशीले अहिले पनि धेरै महिलाहरु आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा पछाडि परेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंहले महिला माथि हुने हिंसा बाहिर आउने क्रम जारी रहेको बताउनुभयो … Continue reading १०८ आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ‘नीति फेरियो, दृष्टिकोण फेरिएन’