सूचना र प्रवृधिका लागि ठोस योजना ः सोनाम

दाङ, फागुन  । पाँच नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सोनामले समृद्धिका लागि व्यक्तित्व विकास अनिवार्य भएको बताउनुभएको छ । क्यान महासंघ दाङ र राप्ती इञ्जिनियरिङ कलेज दाङले बिहीबार घोराहीमा आयोजना गरेको व्यक्तित्व विकास र उद्घोषण तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । वर्तमान सरकार सूचना र प्रविधिको विकासमा योजनाबद्ध तरिकाले लाग्ने उल्लेख गर्दै उहाँले प्रविधिमैत्री कार्यक्रमहरु ल्याइने जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कानूनमन्त्री केसीले अबको केही वर्षभित्रै स्वदेशमै रोजगार उपलव्ध हुने र यसका लागि सूचना र प्रविधिमा लागेका व्यक्तिहरुले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । प्राविधिक विषयहरुलाई विशेष महत्वका साथ अगाडी बढाइने बताउँदै दाङमा पनि प्राविधिक विश्व विद्यालय खोल्न आफूहरु आतुर भएको जानकारी दिनुभयो । क्यान महासंघ दाङका अध्यक्ष भीमसेन गिरीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा क्यानका केन्द्रीय सदस्य तथा कलेजका प्रिन्सीपल रेशम गिरी, उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर ५ का उपाध्यक्ष हेमराज बञ्जाडे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, कलेजका सञ्चालक मधुसुदन वैद्यलगायतकाले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्राध्यापक दामोदर गिरीले गर्नुभएको थियो । कार्यक्रममा डा. लोकराज पराजुलीले विषयगतरुपमा प्रशिक्षण दिनुभएको थियो । तालिममा क्यानका सदस्य, कलेजका कर्मचारीहरुको सहभागिता रहेको थियो । Facebook Comments