राप्ती समितिको अधिवेशन तयारी पुरा

तुलसीपुर, फागुन  । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको ३७ आंै साधारणसभा तथा १७ आंै अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । आज २५ र २६ गते तुलसीपुरमा हुने अधिवेशनको स्टेज निर्माण, प्रतिवेदन निर्माण, अतिथि आमन्त्रणलगायतका सम्पूर्ण तयारी पुरा भएको समितिले जनाएको छ । अधिवेशनको उद्घाटन शुक्रबार बिहान ८ वजे यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनका लागि प्रमुख अतिथि कर्माचार्यलगायतका अतिथिहरु दाङ आइसकेको समेत जनाइएको छ । अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल भरका यातायात व्यवसायी समितिहरुलाई अतिथिका रुपमा आमन्त्रण गरिएको समितिका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभयो । आज हुने उद्घाटनका क्रममा समितिमा रही उत्कृष्ट कार्य गर्ने कर्मचारी, चालक, सहचालक, हेल्पर र विभिन्न सहयोगी संस्थाहरु तथा पत्रकारलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको समितिका प्रशासनिक सचिव नारायणप्रसाद न्यौपानेले बताउनुभयो । समितिको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्दै २६ गते सम्पन्न हुने छ । अधिवेशनका लागि आज निर्वाचन समितिले निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसका लागि आज २५ गते मतदाता नामावली सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता समेत हुने जनाइएको छ । जसका लागि मध्यान्ह १२ वजेदेखि दिउँसो ३ वजेसम्म समय तय गरिएको छ, भने मतदान २६ गते बिहान ९ वजेदेखि ४ वजेसम्म हुने निर्वाचन अधिकृत प्रविण लम्सालले जानकारी दिनुभयो … Continue reading राप्ती समितिको अधिवेशन तयारी पुरा