महिलाहरु आर्थिक रुपमा शसक्त हुन सकेमात्र महिला हिंसा न्युनिकरण गर्न सकिने:आसमानि चौधरी
पार्वति बस्नेत घोराही, फागुन । महिलाहरु आर्थिक रुपमा शसक्त हुन सकेमात्र महिला हिंसा न्युनिकरण गर्न सकिने ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानि चौधरीले बताउनुभयो । महिला शसक्तिकरण र सबलिकरणका सवालमा काम गर्ने उद्धेष्यले २०५१सालमा दाङमा स्थापना गरिएको ग्रामीण महिला उत्थान केन्द्र दाङले अहिले बाके,बर्दिया,सल्यान,रोल्पा र दाङमा कार्यक्रम संञ्चालन गर्दै आईरहेको छ । बिगतका तुलनामा अहिले महिलाहरुले आफनो कुराहरु निर्धक्कताका साथ सुनाउन र बोल्न सक्ने बातावरणको सिर्जना भएतापनि अझैपनि पितृसत्तात्मक मानसिकता र समय सँगै महिला हिसांका स्वरुपहरुमा समेत परिवर्तन आउन थालेको चौधरीले बताउनुयभो । महिलाका सवालमा काम गर्ने अधिकांश सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले एकिकृत रुपमा काम गर्न आजको आवश्यक्ता रहेको बताएकी चौधरीले महिला साक्षरता सँगै महिलाहरु आर्थिक रुपमा शसक्त र निर्णायक भुमिकामा पुग्न सकेमात्र महिला हिंसामा न्युनिकरण हुने बताउनुभयो । जनजाति समुदायकी महिला आजभन्दा २३वर्ष अगाडी समाज रुपान्तरणका सवालमा काम गर्न आवाज उठाउन निक्कै नै गाह्रो थियो तरपनि घरपरिवार समाज सबैको सहकार्य वाट नै आफु आज यहाँसम्म आईपुग्न सफल रहेको बताउनुभएकी चौधरीले सन् २००८सालमा अमेरिकन यु.एन.एफ.पि.ए अन्र्तराष्ट्रिय पुरस्कार वाट समेत पुरस्कृत हुनुभयको छ Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed