भिक्टोरियाको साताब्यापी खेलकुद समापन

दाङ, फागुन  । घोराहीको भिक्टोरिया कलेजले साताब्यापी खेलकुद समापन गरेको छ । कलेजकै प्राङ्गणमा पुरस्कार वितरणको कार्यक्रम गरेर एक सातादेखि सञ्चालन गर्दै आएको खेलकुदको समापन गरेको हो । भिक्टोरिया कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको समूह फोकस गु्रपले आयोजना गरेको खेलकुदमा करिव एक दर्जन खेलहरुमा विद्यार्थीहरुले सहभागीता जनाएका थिए । खेलकुदमा सहभागी भएर उत्कृष्ठहरुलाईलाई पुरस्कार समेत बितरण गरिएको थियो । फोकस ग्रुपका दिपेश भुसालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि रमेशकुमार पाण्डेय, विशिष्ट अतिथि सविन प्रियासन, अन्य अतिथिहरु वसन्त रेग्मी, डिलाराम भट्टराई, कुमारराज श्रेष्ठ, सञ्जिव श्रेष्ठ, नवीन अभिलाषी, आभाव बुढाथोकीलगायतले पुरस्कार बितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष पाण्डेयले विद्यार्थीहरुले खेलकुदमा देखाएको उत्साह कायम राख्न आग्रह गर्नुभयो । विशिष्ट अतिथि पत्रकार महासंघका अध्यक्ष प्रियासनले खेलकुदले जीवनमा अनुशासन, मर्यादा र संघर्ष सिकाउने भएकाले शारिरीक र मानसिक विकास मात्र नभई विद्यार्थीहरुको क्षमता विकासमा समेत बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कलेजका कार्यक्रम संयोजक केवि चौधरी, प्राध्यापक कुमारराज श्रेष्ठ, डिलाराम भट्टराई, वसन्त रेग्मीले बोल्नुभएको थियो । फोकस ग्रुपकी दीपिका सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ढकराज सुवेदीले गर्नुभएको थियो । Facebook Comments