ताजा अपडेट

भिक्टोरियाको साताब्यापी खेलकुद समापन

          |   110 Views   |   Published Date : 9th March 2018 |

29025406_1790155354382029_4509241522180325376_n दाङ, फागुन  । घोराहीको भिक्टोरिया कलेजले साताब्यापी खेलकुद समापन गरेको छ । कलेजकै प्राङ्गणमा पुरस्कार वितरणको कार्यक्रम गरेर एक सातादेखि सञ्चालन गर्दै आएको खेलकुदको समापन गरेको हो ।


भिक्टोरिया कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको समूह फोकस गु्रपले आयोजना गरेको खेलकुदमा करिव एक दर्जन खेलहरुमा विद्यार्थीहरुले सहभागीता जनाएका थिए । खेलकुदमा सहभागी भएर उत्कृष्ठहरुलाईलाई पुरस्कार समेत बितरण गरिएको
थियो । फोकस ग्रुपका दिपेश भुसालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।


कार्यक्रममा प्रमुख अतिथि रमेशकुमार पाण्डेय, विशिष्ट अतिथि सविन प्रियासन, अन्य अतिथिहरु वसन्त रेग्मी, डिलाराम भट्टराई, कुमारराज श्रेष्ठ, सञ्जिव श्रेष्ठ, नवीन अभिलाषी, आभाव बुढाथोकीलगायतले पुरस्कार बितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष पाण्डेयले विद्यार्थीहरुले खेलकुदमा देखाएको उत्साह कायम राख्न आग्रह गर्नुभयो ।

विशिष्ट अतिथि पत्रकार महासंघका अध्यक्ष प्रियासनले खेलकुदले जीवनमा अनुशासन, मर्यादा र संघर्ष सिकाउने भएकाले शारिरीक र मानसिक विकास मात्र नभई विद्यार्थीहरुको क्षमता विकासमा समेत बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कलेजका कार्यक्रम संयोजक केवि चौधरी, प्राध्यापक कुमारराज श्रेष्ठ, डिलाराम भट्टराई, वसन्त रेग्मीले बोल्नुभएको थियो ।

फोकस ग्रुपकी दीपिका सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ढकराज सुवेदीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१