बिकृतिलाई बढावा दिन नहुने

दाङ, फागुन  । प्राज्ञीक विद्यार्थी परिषद नेपाल घोराही नगर समितिले बिहीबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर समितिका अध्यक्ष शरदकुमार शर्माको अध्यक्षता तथा दाङ उद्योग वाणिज्य संघका सचिव माया पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले हरेक महिला स्वरोजगारका साथ अगाडि बढ्न सकेमात्र महिला हिंसामा न्यूनीकरण हुने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले हरेक महिला आर्थिक रुपमा सशक्त हुनसकेमात्र स्वावलम्वनका साथ अगाडि बढ्न सकिने बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै रेडियो स्वर्गद्वारीका समाचार प्रमुख बसुन्धरा गौतमले हरेक महिलाले आफूलाई म को हँु भनेर चिन्न आवश्यक रहेको बताउनुभयो साथै मातृशक्ति सबैभन्दा ठूलो शक्ति भएकाले पनि हरेक महिला आत्मबिश्वासका साथ अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक शुलोचना गौतमले महिलाले महिलाको अस्तित्व स्वीकार गर्दै सहकार्यताका साथ अगाडि बढ्न सकेमात्र महिला हिंसा न्यूनीकरण हुन सक्ने बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै डाक्टर प्रविणकुमार झाले समाजमा रहेका हरेक बिकृतिलाई संस्कृतिको नाममा बढावा दिन नहुने बताउनुभयो साथै डाक्टर झाले पाश्चात्य संस्कृतिको नाममा हरेक कुरा ग्रहण गर्न आवश्यक नरहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघका एलिना पाण्डेले हरेक महिलाहरुका साथै पुरुष वर्गलाई पनि प्रजनन अधिकारका सवालमा जनचेतना दिनसकेमात्र पनि महिला स्वास्थ्य राम्रो हुने बताउनुभयो । … Continue reading बिकृतिलाई बढावा दिन नहुने