नायक भुवक केसीलाई ६ महिना कैद सजायको माग गरी प्रहरीमा जाहेरी
काठमाडौं, फागुन २५ | नायक भुवक केसीलाई ६ महिना कैद सजायको माग गरी प्रहरीमा जाहेरी परेको छ। निर्माता÷निर्देशक शम्भु प्रधान र संगितकार रञ्जित गजमेरले शुक्रबार जाहेरी दिएका हुन्। सम्झना फिल्मको ‘उकालीमा अघि अघि’ बोलेको गीत केसीले कृ फिल्ममा चोरेको भन्दै जाहेरी परेको हो। प्रतिलिपि अधिकार ऐनअनुसार कारबाही गर्न माग गरी जाहेरी परेको हो। फिल्मबाट गीत हटाउन माग गर्दा नमानेपछि जाहेरी दिनुपरेको प्रधानले बताए। प्रहरीले दुईपक्षलाई सहमतिका लागि आग्रह गरेपनि कृ पक्षले गीत नहटाएपछि मुद्दा प्रक्रिया अघि बढेको हो। जाहेरी दर्ता प्रक्रिया अघि बढाइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए। प्रतिलिपि अधिकार ऐनअनुसार ६ महिनासम्म कैद हुने प्रावधान छ। नायक केसी तथा कृ फिल्मका अर्का निर्माता सुवास गिरी प्रतिवादी बनाएर जाहेरी दिइएको छ। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed