ताजा अपडेट

देउखुरीमा अटोरिक्सा दुर्घटना हुँदा ६ जना घाइते

          |   94 Views   |   Published Date : 9th March 2018 |

download

दाङ, फागुन २५ । अटोरिक्सा दुर्घटना हुँदा दाङमा ६ जना घाइते भएका छन् । जिल्लाको देउखुरीमा अटोरिक्सा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रेहको प्रहरीले जनाएको छ। लमही नगरपालिका वडा नं ६ मध्यनगरमा ना १ घ ८६९६ नम्वरको अटो रिक्सा दुर्घटना हुँदा अटोचालक लमही–६ निवासी ५० वर्षीय सिङ्नाथ चौधरी, लमही–८ निवासी ३५ वर्षीय रामबहादुर चौधरी, लमही–६ निवासी ११ वर्षीय खुसी सुनार, सोही ठाउँ निवासी ४३ वर्षीय जानका सुनार, ३० वर्षीय लिला चौधरी, ६ वर्षिय मानव चौधरी घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

चालक सिङ्नाथ चौधरी र जानका सुनारलाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ। बाँकी ५ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१