ट्रम्पले किमको निम्तो स्वीकारे, छिट्टै वार्ता हुने

काठमाडौं, २५ फागुन — उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटघाटको निम्तो दिएका छन् । यस अभूतपूर्व निमन्त्रणालाई ट्रम्पले स्वीकार गर्ने बताएका छन् । दक्षिण कोरियाका वरिष्ठ अधिकारीहरूले वाशिङटनमा ट्रम्पलाई भेटेर उत्तर कोरियाली नेताको पत्र दिएका थिए । पत्र लिएपछि ट्रम्पले कुराकानी गर्न स्वीकार गरेको दक्षिणका अधिकारीले घोषणा गरे । किमले आणविक तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्न मानेको अनि आणविक निःशस्त्रीकरणप्रति प्रतिबद्धता जनाएको पनि उनीहरूले स्वीकार गरे । महीनौंसम्म उत्तर कोरिया र अमेरिकाबीच धम्की र हिंसाको स्थिति रहेकोमा यो परिवर्तन आएको हो । तर यस्ता बैठकहरू वर्षौंदेखिका कूटनीतिको परिणाम हुने चेतावनी विश्लेषकहरूले दिएका छन् । उनीहरू यस्तो हतारमा निर्धारण गरिएका वार्ताले कस्तो परिणाम ल्याउलान् भन्ने विषयमा शंकालु छन् । ट्रम्पले यसरी घटनाक्रम विकसित हुनु गजबको प्रगति भएको बताए तर दह्रो सहमति नहुन्जेल प्रतिबन्ध कायम रहने बताए । उत्तर कोरियाले यो हप्ता विकसित घटनाक्रममा कुनै आधिकारिक टिप्पणी गरेको छैन । बीबीसीबाट Facebook Comments