घोराही, फागुन । घोराही उपमहानगरपालिका–१४ झिगौराका किसानहरुलाई कृषि सम्बन्धी ५ दिने तालिम दिइएको छ । कृषि तालिम सञ्चालन समिति वडानम्वर १४ को आयोजना र वडानम्वर १४ कार्यालयको आर्थिक सहयोगमा झिगौराका २५ जना किसानलाई ५ दिने कृषि सम्बन्धी तालिम दिइएको हो । तालिमको प्रशिक्षकहरुमा कृषि विषयका जानकार शंकर नेपाल र मुकुन्दप्रसाद देवकोटा रहनुभएको थियो । किसानहरुले कुनै पनि खेती गर्ने तरिका, उत्पादन, माटो, मल, पानीको प्रयोगका विषयमा जानकारी दिइएको छ । कृषि पेशाबाट पनि आर्थिक आयमा बढवा दिन सकिने उदाहरणहरु दिँदै किसानहरुलाई सिप सिकाइएको छ । तालिम समापनमा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले हिजोका दिनमा घरमा खानका लागि मात्रै गरिने कृषि व्यवसाय अब पैसा कमाउने सँग जोड्नुपर्ने बताउनुभयो । कृषिलाई आधुनिकीकरणसँगै व्यवसायीक बनाउन सके आम्दानी राम्रो हुने उहाँको भनाई छ । वडाध्यक्ष शक्तिराम डाँगीले आयातिक कृषि उपजलाई बिस्थापित गर्न अब कृषिमा क्रान्ति ल्याउनु पर्ने बताउनुभयो । खेती किसानीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले किसानहरुलाई ५ दिने तालिमको आयोजना गरी स्थानीय सरकारले लगानी गरेको उहाँको भनाई छ । समितिका अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दिलमाया चौधरीले गर्नुभएको थियो । तालिममा सहभागी रुपा चौधरीले तालिममा सिकेको सिपलाई कृषिमा जोड्ने प्रतिबद्धता जनाउनुभयो । साथै तालिम लिएपछि सहभागीहरुले झिगौरामा कृषि समूह गठन समेत गरेका छन् । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed