अग्नीपीडितलाई राहत प्रदान

घोराही, फागुन  । घोराही उपमहानगरपालिका–१९ बाम्ला धनडाँडाका अग्नीपीडितहरुलाई रेडक्रसले राहत सामग्री प्रदान गरेको छ । केही दिन पहिले आगलागी हँुदा दुई परिवारका तीन घर जलेर नष्ट भएका थिए । घोराही उपमहानगरपालिकाको समन्वयमा रेडक्रसले त्रिपाल, कम्वल, बाल्टिन, डोरी, काचो कपडा र भाँडाहरु उपलब्ध गराएको हो । उक्त रातह सामग्री पीडित डिला रावत र वीरबहादुर बिकलाई नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने, विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, रेडक्रस घोराही सभापति थम्मन चौधरी, वडा सदस्य जंग रोकाले प्रदान गर्नुभएको हो । यस अघि अग्नीपीडितलाई घोराही उपमहानगरपालिकाले आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । त्यस्तै घोराही २ भुजीडाँडामा आगलागिबाट २ घर जलेका पिडितहरुलाई पनि उपमहानगरले खाद्यान्न सहयोग गरेको छ । उपप्रमुख सीता न्यौपाने, विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्वर २ का अध्यक्ष केशव आचार्यसहितको टोलीले अग्नीपीडितलाई खाद्यान्न उपलब्ध गराउनुभएको हो । Facebook Comments