रौतहटमा गोली हान्ने ५ जना पक्राउ
रौतहट, फागुन २४| रौतहटमा बुधबार बेलुका गोली प्रहार घटनाको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। बुधबार राती राजपुर नगरपालिका–२ फतुवास्थित फतुवा प्राथमिक बिद्यालय अगाडि हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अज्ञात ब्यक्तिले बुधबार गोली प्रहार गर्दा सोही नगरपालिका–३ बलुवाटोल बस्ने ४३ वर्षीय शेष शालिम घाइते भएका थिए। उनलाई जिल्ला सरकारी अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागि भारतको मोतिहारी लगिएको र अवस्था गम्भीर छ। शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीले जनाएको छ। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed