महिला दिवस मनाइरहँदा कैलालीकी एक किशोरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट
कैलालीको घोडाघोडी नगरपालिकाकी अन्दाजी १८ वर्षीय चौधरी थरकी किशोरीलाई बोक्सीको आरोपमा स्थानीय तान्त्रिक (गुरुवा) रामबहादुर चौधरी (भोला)ले बोक्सीको आरोप लगाउँदै डेढ घण्टासम्म निर्घाट कुटपिट गरेको स्थानीयले बताएका छन् ।
कुटपिटबाट बेहोस भएकी उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ । कुटपिट गर्ने चौधरी उपर उजुरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय सुखडले उजुरी दर्ता नमानेको उनका आफन्तले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराले इलाका प्रहरी कार्यालय सुखडलाई उद्धृत् गर्दै दुवै पक्षको सहमतिमा मिलापत्र गरिएको जानकारी दिए । घटनाबारे थप जानकारी लिइरहेको भन्दै उनले दोषी पाइए कारबाही गर्ने बताए ।
घोडाघोडी नगरपालिकाका मेयर, वडाअध्यक्षसहितको रोहबरमा मिलापत्र गराइएको थियो । पीडित पक्षले आफूहरूलाई मिलापत्रका लागि दबाब दिइएको बताएका छन् ।


Leave a comment