पेस्तोलसहित होटलबाट समातिए नेपालगञ्जका ‘गुन्डा’

नेपालगञ्ज,फागुन २४| गुन्डागर्दीको आरोपमा नेपालगञ्जमा ६ जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।  नेपालगंज उपमहानगरपालिका घरबारी टोलस्थित भरिपुर्ण होटलमा छापा हानी प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।  उनीहरले काठमाडौं, बुटवल, नेपालगंजका विभिन्न ब्यक्तिहरूलाई मोबाइलबाट म्यासेज गर्ने र तुरून्त पैसा जम्मा गर्नु भन्दै धम्काउदै आएका थिए। पक्राउ पर्नेहरुमा सुर्खेत बराहताल गाउँपालिका–१ बस्ने ३२ वर्षीय विजयविक्रम शाहसहितका व्यक्तिहरु छन्। उनीहरुको साथबाट एउटा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। Facebook Comments