डोल्पाको जुफालमा नगर केन्द्र उद्घाटन, दुनैमा भने आन्दोलन जारी

दुनै,फागुन २४| डोल्पाको जुफालमा नगरपालिकाको केन्द्र उद्घाटन गरिएको छ । बिहिवार ठुलीभेरी नगरपालिकाको स्थायी केन्द्रको रुपमा जुफालमा उद्घाटन गरिएको हो । उक्त नगरपालिकाको पहिलो नगरसभाको असार ३१ को निर्णय अनुसार बहुमतले नगरको केन्द्र दुनैबाट जुफाल सार्ने निर्णय अनुसार बिहिवार औपचारिक रुपमै नगरको केन्द्र उद्घाटन गरिएको नगर प्रमुख गणेश बहादुर शाहीले जानकारी दिए । नेपाल सरकार मन्त्रिपरिषद्को माघ २४ को निर्णय र फागनु १६ मा राजपत्रमा प्रकाशित सुचनाअनुसार दुनैमा रहेको नगरको केन्द्र स्थायी रुपमा जुफाल ७ मा स्थापना गरिएको नगर प्रमुख शाहीले बताए । संघीयताको मुल मर्मअनुसार केन्द्रीकृत विकासलाई जसरी विकेन्द्रीकृत गरिन्छ, त्यसैगरि नगरका सबै जनताहरुलाई पायक पर्ने गरि जुफालबाटै सम्पूर्ण नगरका सेवा सुविधाहरु प्रदान गरिने भएकाले जनतालाई नझुकिन शाही जानकारी दिए । नगरको उद्घाटन त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका बरिष्ठ नेता समेत रहेका ओम बहादुर बुढाले गरेका थिए । नगरको उद्घाटन बाजागाजा,कलश घडासहितका नौ कन्या अगाडि लगाएर बजार परिक्रमा सहित नगरको केन्द्र उद्घाटन गरिएको थियो ।  उद्घाटनलाई भव्य रुपमा सफल पार्न साविकका माझफाल गाविसका सम्पूर्ण सर्वसाधरणहरुको समेत उपस्थिति रहेको थियो । उद्घाटन समारोहका अवसरमा नगरका ५ देखि ९ वडा सम्मका जनप्रतिनिधि,बुद्धिजीवी,समाजसेवी,सर्वसाधारण तथा संञ्चारकर्मीहरुको बाग्लो उपस्थिति रहेको थियो । दुनैवासी भने आन्दोलित यसैबीच जुफालमा नगरको केन्द्र उद्घाटन गरिरहँदा दुनैबासी भने आन्दोलमा रहेका छन् । छलकपट गरेर नगरको केन्द्र सारेको भन्दै … Continue reading डोल्पाको जुफालमा नगर केन्द्र उद्घाटन, दुनैमा भने आन्दोलन जारी