सञ्जय दत्तकी एक फ्यान, जसले मर्नुअघि सबै सम्पत्ती दत्तको नाममा छोडिन्

एजेन्सी- बलिउड स्टार सञ्जय दत्तकी एक फ्यानले आफ्नो शेषपछि सबै सम्पत्ती दत्तको नाममा गराइदिएकी छिन्। आफ्नो सम्पत्ती दिएकी दत्तकी फ्यान निशी त्रिपाठीको केही दिनअघि निधन भएको छ। बैंकबाट फोन आएपछि सञ्जय दत्तले आफू निशीको वारिस भएको जानकारी पाएका थिए। सञ्जय दत्तले उनको सम्पतीमा आफूले दाबी नगर्ने बैंकलाई पत्राचार गरेका छन्। निशी मुम्बईको मालाबार हिलस्थित त्रिवेणी अपार्टमेन्टमा बस्थिन्। उनकी ८० वर्षीया आमा, २ छोरा र १ छोरी छन्। सञ्जय दत्तले निशीको सम्पत्ती उनकै परिवारलाई दिएका छन्। दत्तले आफूले निशीलाई नचिनेको र त्यो खबर सुनेपछि आफू भावुक भएको बताएका छन्। ‘फ्यानले आफ्नो बच्चाको नाम मन पर्ने कलाकारको नामबाट राख्ने, पिछा गर्ने, गिफ्ट दिने गरेको थाहा छ,’  सञ्जयले भनेका छन्, ‘निशीले त मलाई चकित पारिन्।’ Facebook Comments