ताजा अपडेट

समृद्ध र सभ्यसमाजका लागि महिलालाई सीपयुक्त बनाऔं

          |   177 Views   |   Published Date : 7th March 2018 |

12313741_126283204407339_7843205467301756358_n

आठमार्चका दिन विश्वभर अन्तराष्ट्र्रिय महिला दिवस मनाइन्छ । महिलाहरुका सबै खाले अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित विश्वभर महिला दिवस मनाइन्छ । यहीक्रममा महिला वर्गलाई सीपयुक्त बनाउनुपर्ने बहस पनि सिर्जना भएको छ ।

सीपले मानिसलाई आत्म निर्भर बनाउँछ भने मुलुकलाई समृद्ध बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्छ । नेपालमा पछिल्लो समयमा सिप सिकेर स्वरोजगार बन्नेहरुमा महिलाको संख्या ह्वात्तै बढेको छ । राज्यले व्यरोजगारहरुलई सिप सिकाएर स्वरोजगार बनाउने लक्ष्य लिएपछि नेपालमा स्वरोजगारको संख्या बढ्दै गएको हो । यसमा पनि महिलाहरुको सहभागितालाई राज्यले महत्वका साथ अगाडि बढाएको छ । सबैक्षेत्रमा पछाडि पारिएका महिलाहरु सिपमा पनि पछाडि नै छन् । जसले गर्दा महिला वर्ग उत्पादन र आयमुलक काममा लाग्न सकेको छैन ।

महिला पुरुष दुबैले उत्पादन र आयमूलक कार्यहरु नगर्ने हो भने मुलुकले समृद्धि प्राप्त गर्न सक्दैन । यही कुराको विश्लेषण गरेर राज्यले महिलाहरुलाई पनि सिप सिकाउने जमर्को गरिरहेको छ । महिलाहरुले पनि विभिन्न आयमूलक सिप सिकेर स्वरोजगार बन्ने कार्यलाई प्राथमिकता दिएका छन् । घरभित्रै बसेर सहजै गर्न सकिने थुप्रै सिपहरु महिलाहरुले सिकिरहेका छन् । सिप सिकेपछि थुप्रै महिला र पुरुषहरु विभिन्न आयमुलक कार्यमा लागेको हामीले देखेका छौं ।

आर्थिक लाभमा महिलाहरुको अग्रसरताले मुलुकको समृद्धिमा समेत धेरै हदसम्म लाभ गरेको छ । यही रप्mतारमा महिला र पुरुषवर्ग आयमूलक कार्यमा संलग्न हुने हो भने मुलुकले अबको केही वर्षमै आर्थिकरुपमा धेरै प्रगति गर्नेछ ।
श्रमले नै मुलुकलाई समृद्ध बनाउने हो । अहिले पनि गरिखाने वर्गभन्दा बसिखाने वर्गको संख्या धेरै छ । गरिखाने वर्गको संख्यामा बृद्धि गर्न सकेमात्र मुलुकको अर्थतन्त्र सवल हुँदै जानेछ । यसका लागि नेपालमा जन्मने सबै नेपालीहरु आयमुलक कार्यमा संलग्न हुने वातावरण निर्माण हुनुपर्छ । शिक्षा ग्रहण गरेपछि स्वतः कुनै न कुनै पेशा व्यवसाय वा जागिरमा लाग्न सक्ने परिपाटी हुनुपर्छ ।

सिपले मानिसको व्यक्तिगत जीवनमा धेरै लाभ गर्दछ । अहिलेको शिक्षाले मानिसलाई बेरोजगार बन्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिरहेको छ । यस्तो अवस्थामा आयमूलक सिप नै त्यो कडि हो जसले मानिसलाई खाली बस्नै दिदैंन । आफू र आफ्नो परिवारको जीविकोपार्जन गर्न सहजरुपमा आर्थिक लाभ लिनसक्ने अवस्थाको सिर्जना सिपले गर्दछ । अहिले पनि समाजमा सिप सिकेका महिला÷पुरुषको जीवन सहजरुपमा बितेको हामीले देखेका छौं । सिप सिकेको मानिसले केही न केही आय गरिरहेको हुन्छ । जसले गर्दा उसलाई आर्थिक संकट पनि पर्दैन ।
पछिल्लो समयमा सिपतर्फ महिला पुरुष सबैको आकर्षण बढेको छ । सिकेको सिपलाई सदुपयोग गर्ने सवालमा गम्भीरतापूर्वक इमान्दारिता देखाउन सकेको खण्डमा लाभ प्राप्त गर्न सकिनेछ । श्रम र सीपले मात्र अब महिलाहरुलाई समाजको अगुवा वर्ग बन्नका लागि सहयोग गर्ने भएकाले श्रमिक महिला दिवस मनाइ रहँदा सबै महिलाहरुलाई अनिवार्यरुपमा कुनै न कुनै सीपमा लाग्न सक्ने वातावरण निर्माण गर्नै पर्छ ।

केन्द्रदेखि स्थानीय तहसम्म नयाँ सरकार बनेकाले अब महिलालाई कामकाजी बनाउनेतर्फ विशेष योजना ल्याउन जरुरी छ । सीपले एकातिर मुलुकको समृद्धिमा भूमिका खेल्छ, अर्को तर्फ महिला हिंसा पनि कम गर्ने भएकाले मुलुकलाई समृद्ध, सभ्य बनाउने महान अभियान सार्थक बनाउनका लागि पनि महिला वर्गलाई सीपयुक्त बनाउने सवालमा ध्यान दिनैपर्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१