ताजा अपडेट

मध्यरातमा एमाले स्थायी समितिको निर्णय, राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित

          |   88 Views   |   Published Date : 7th March 2018 |

बुधबार, फागुन २३ |

मध्यरातमा एमाले स्थायी समितिको निर्णय

राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चितप्रायः भएको छ । सत्तारुढ दल एमालेको स्थायी समितिको बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्‍याउने निर्णय गरेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबारदिउँसै सुरु भएको बैठक राति १२ बजेसम्म बसेको थियो ।

 

अध्यक्ष ओलीको समूह भण्डारीलाई नै दोहोर्‍याउने पक्षमा थियो भने एमाले पूर्वअध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति उम्मेदवारमा दाबी गरेपछि निर्णय गर्न कठिन भएको थियो । भण्डारी र खनालको पक्षमा स्थायी समितिमा लगभग बराबरीजस्तै सदस्य उभिएका थिए । त्यसैले नेताहरू मध्यरातसम्म बैठकमा थिए ।

उम्मेदवार दर्ता बुधबार हुनेछ । एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने भण्डारी माओवादीको समर्थनमा सजिलै राष्ट्रपति बन्न सक्नेछिन् । निर्वाचन २९ फागुनमा हुँदै छ ।

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१