ताजा अपडेट

जनताको साथ र सहयोग प्राप्त गरेर मात्रै जनप्रतिनिधिहरुले काम गर्न सक्ने: मुख्यमन्त्री पोख्रेल

          |   95 Views   |   Published Date : 7th March 2018 |

28722189_559957571039898_36088517_n

नवीन अभिलाषी दाङ, फागुन २३ । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले मन्त्री छान्न भन्दा कानुन निर्माणमा आफुले प्राथमिकता दिएको बताउनु भएको छ । नेकपा एमाले दाङले घोराही स्थित पार्टी कार्यालयमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यतिबेलाको समय मन्त्री छान्नु भन्दा पनि कानुन निर्माणको पक्ष प्रमुख प्राथमिकताको विषय भएको बताउनुभयो ।

अन्य प्रदेशहरुले मन्त्री छान्नमा कसरत गर्नु परेको भन्दै आफुले जनताको अधिकारलाई स्थापित गर्ने गरी तत्काल कानुन निर्माण गर्नका लागि समिति समेत गठन भैसकेको जानकारी दिनुभयो । उहाले यो वर्ष कानुन निर्माणको वर्ष समेत रहने भनाई राख्नुभयो । एकात्मक शासन व्यवस्थालाई भत्काएर संघीयताको कार्यान्वयन गर्नु आफैमा मुस्किल पर्ने काम भएको भन्दै नयाँ संरचनाहरु बनाउन थालेको बताउनुभयो ।

कुनै आधार नभएकोले अब सम्पुर्ण रुपले बलियो आधार निर्माण गरेर भाविपुस्तालाई हस्तान्तरण गर्ने उहाको भनाई थियो । उहाले एकातर्फ आधार बलियो बनाउनु पर्ने र अर्को तर्फ विकास र समृद्धिको लागि पनि काम गर्नुपर्ने भएकाले स्थिती सजिलो नभई चुनौतीपुर्ण रहेको बताउनुभयो ।

जनताको आकंक्षालाई पुरा गर्ने दायित्व यतिबेला जनप्रतिनिधिहरुको काँधमा आईपुगेको भन्दै पार्टीले पनि त्यति नै काम गर्नुपर्ने बताउनुभयो । दाङमा एमालेको राम्रो महोल बन्दै गैरहेको भन्दै यसलाई थप राम्रो बनाउनका लागि पार्टीले पनि जनता र जनप्रतिनिधिहरु विचको पुलको काम गर्नुपर्ने उहाको भनाई छ । जनताको साथ र सहयोग प्राप्त गरेर मात्रै जनप्रतिनिधिहरुले काम गर्न सक्ने भनाई राख्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले प्रदेशमा ठुला तीन उपमहानगर निर्माण गर्ने बताउनुभयो । बुटवल, भैरहवा मिलाएर एउटा, घोराही तुलसीपुर मिलाएर एउटा र कोहलपुर र नेपालगंज मिलाएर एउटा गरी तीन ठुला र समृद्ध उपमहानगर बनाउनु पर्ने बताउनुभयो । साथै उहाले दाङलाई शैक्षिक हवको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । अहिले भैरहेको विकासको गति अत्यन्त्रै कमजोर र ढिला भएकाले अब निर्माणको जिम्मेवारी लिने निकायहरुको पनि मापदण्ड बनाउने बताउनुभयो ।

नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षता तथा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उपसचिब सुरामणि बेल्बासेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष लगाएतका नेताहरुले मुख्यमन्त्री शंकर पोख्रेललाई स्वागत सम्मान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेकपा एमाले दाङका सचिब हिराचन्द्र केसीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१