ताजा अपडेट

राप्ति समितिको संयोजकमा सल्लाहकार खड्ग बुढाथोकि

          |   852 Views   |   Published Date : 6th March 2018 |

409433_213201275435678_1045772848_n

घोराही, फागुन २२राप्ति अञ्चल सार्वजनिक यातायात बस ब्यवसायि समितिको नयाँ नेतृत्व सर्वसम्मत बनाउन एउटा कार्यदल बनेको छ ।

मंगलवार तुलसिपुरमा भएको राप्ति समितिका सल्लाहकार, पदाधिकारी र यातायात ब्यवसायिहरुको भेलाले समितिको नेतृत्व सर्वसम्मत बनाएर यातायात क्षेत्रमा नयाँ शन्देश र मान्यता स्थापित गर्न सहयोग पुर्याउने उदेश्यले कार्यदल बनाएको हो ।

समितिको यहि फागुन २५ गते हुन लागेको अधिवेसनमा नेतृत्व सर्वसम्मत बनाउन चारैतिरवाट दवाव परेपछि युवा ब्यवसायि समितिका सल्लाहकार खड्ग बुढाथोकिको संयोजकत्वमा कार्यदल बनेको हो । बुढाथोकि निरन्तर राप्ति समितिको सल्लाहकारको जिम्मेवारीमा रहेका छन् ।

यसअघि राप्ति समितिको कार्य समिति सदस्य भएर काम गरेको उनिसंग लामो अनुभव छ । कार्य समिति सदस्यपछि उनि अहिलेसम्म बनेका सबै कार्य समितिमा सल्लाहकार छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको उपाध्यक्ष भएर काम गरीसकेको हिसावले पनि राप्ति समितिको सर्वसम्मत नेतृत्व तयार गर्न बुढाथोकिलाई भेलाले सर्वसम्मत कार्यदल बनाएर जिम्मा दिएको हो ।

समितिको नयाँ नेतृत्व चयनका लागि बुढाथोकीको सयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको राप्ति अञ्चल सार्वजनिक यातायात बस ब्यवसायि समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिनु भयो ।

उहाले अधिवेसनलाई भब्य र सभ्य बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै सबै ब्यवसायिले सहमतिका माध्यमवाट सल्लाहकार बुढाथोकिको संयोजकत्वमा कार्यदल बनाएको र कार्य दलले सबैलाई मान्य हुने प्रस्ताव ल्याउनेमा आफु विश्वस्त रहेको बताउनु भयो । राप्ति समिति मुलुककै उत्कृष्ट र राम्रो समितिभित्र गनिन्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१