‘नाका’ लाई दर्शकले मन पराएः निर्देशक श्रेष्ठ

काठमाडौं । चलचित्र ‘नाका’ लाई दर्शकले मन पराएको निर्देशक अमित श्रेष्ठले बताएका छन् । “शुक्रबारको तुलनामा शनिबार र शनिबारको तुलनामा आइतबार दर्शकको संख्या हलमा बढेको छ,” निर्देशक श्रेष्ठ भन्छन्, “सानो बजेटमा हामीले नयाँ विषयबस्तु प्रस्तुत गर्ने जमर्को गरेका छौं ।” अमित श्रेष्ठ निर्देशित चलचित्र ‘नाका’ सीमामा हुने गैरकानुनी गतिविधिमा आधारित चलचित्र हो । फागुन १७ गतेबाट रिजिल भएको चलचित्रमा विपिन कार्की मुख्य भूमिकामा छन् । Facebook Comments