दङाली चेली मिस ग्लोवल इन्टरनेशनल कम्पिटिसनमा
घोराही उपमहानगरपालिका वडानम्वर १५ की क्रान्ति पढाईका शिलशिलामा हाल काठमाडौंमा छिन् । संगीत , साहित्य र समाज सेवामा विशेष रुची राख्ने क्रान्ति कविता विधामा कलम चलाउँदै आएकी छिन् । धितालले कविता प्रतियोगीताबाटै स्थानीय र राष्ट्रियस्तरका गरी २८ भन्दा बढी पुरस्कार र अर्वाडहरु हात पारिसकेकी छिन् ।
परिवर्तनका पाइलाहरु नामक संस्थामार्फत समाजसेवा र साहित्यिक गतिविधि गर्दै आएकी धितालले आफूलाई मिस ग्लोवल इन्टरनेशनल कम्पिटिसनमा विजयी हुनका लागि सहयोग गर्न आग्रह गरेकी छिन् । ‘आउँदो चैत ५ गते हुने फाइनल कम्पिडिसनमा मलाई विजयी बनाउन भोटिङ गरिदिनका लागि अनुरोध गर्दछु, क्रान्तिले भनिन्, ‘मोवाइलको म्यासेज वक्समा गई मिस ग्लोवल इन्टरनेशल लेखी क्यापिटल एम।जि।आई स्पेस कन्टेस्टेन नं ११ टाइप गरी ३३००१ मा पठाउन सकिन्छ ।
भोटिङ लाइन चैत्र ५ गते दिउँसो १२ वजेसम्म मात्र खुला हुन्छ । यहाँहरुको भोटले म मिस ग्लोब इन्टरनेशनल बन्ने छु । प्रिज भोट गरिदिनुहोला ।



Leave a comment