लेनदेन विवादमा आफ्नै साथीबाट शाक्यको हत्या, ३ जना पक्राउ
विराटनगर, फागुन । मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा संलग्नको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, उर्लाबारीका ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र ३७ वर्षीय मोहन काफ्लेलाई पक्राउ गरेको हो ।उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । काफ्ले शाक्यको शव फेला परेको बा १२ च ५९६३ नम्बरको स्कोर्पिओ गाडीका चालक हुन् भने अन्य दुई जना सोही गाडीमा सवार थिए । मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले आर्थिक लेनदेनको विषयमा शाक्यलाई सोधपुछका क्रममा यातना दिएको र पछि करेन्ट लगाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘शाक्यको हत्या उनकै नगरी उर्लाबारी १ स्थित सोल्टी खोलाको किनारको जंगलमा भएको देखिन्छ’, प्रहरी उपरीक्षक बिसीले भने । शाक्यको हत्यामा संलग्न अरु पनि संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । शाक्यको हत्या फागू पूर्णिमाको दिन दिउँसो भएको तर शव लुकाउन गाडीमा हाली विराटनगरतर्फ ल्याएको प्रहरीको भनाइ छ । उनको शव भारतको कुनै अज्ञात स्थलमा लगेर दवाउने उनीहरुको योजना अनुसार विराटनगरतर्फ ल्याएको देखिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । शाक्यको हत्यामा संलग्न भनिएका तीन जनालाई प्रहरीले आइतबार नै संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । हत्या गरिएको शाक्य सुन तस्करीमा संलग्न भरिया भएको प्रहरीले दावी गदै आएको छ । प्रहरी उपरीक्षक बिसीले … Continue reading लेनदेन विवादमा आफ्नै साथीबाट शाक्यको हत्या, ३ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed