ताजा अपडेट

लेनदेन विवादमा आफ्नै साथीबाट शाक्यको हत्या, ३ जना पक्राउ

          |   332 Views   |   Published Date : 5th March 2018 |

aana

विराटनगर, फागुन । मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा संलग्नको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, उर्लाबारीका ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र ३७ वर्षीय मोहन काफ्लेलाई पक्राउ गरेको हो ।उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । काफ्ले शाक्यको शव फेला परेको बा १२ च ५९६३ नम्बरको स्कोर्पिओ गाडीका चालक हुन् भने अन्य दुई जना सोही गाडीमा सवार थिए ।

मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले आर्थिक लेनदेनको विषयमा शाक्यलाई सोधपुछका क्रममा यातना दिएको र पछि करेन्ट लगाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

‘शाक्यको हत्या उनकै नगरी उर्लाबारी १ स्थित सोल्टी खोलाको किनारको जंगलमा भएको देखिन्छ’, प्रहरी उपरीक्षक बिसीले भने ।

शाक्यको हत्यामा संलग्न अरु पनि संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । शाक्यको हत्या फागू पूर्णिमाको दिन दिउँसो भएको तर शव लुकाउन गाडीमा हाली विराटनगरतर्फ ल्याएको प्रहरीको भनाइ छ ।

उनको शव भारतको कुनै अज्ञात स्थलमा लगेर दवाउने उनीहरुको योजना अनुसार विराटनगरतर्फ ल्याएको देखिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

शाक्यको हत्यामा संलग्न भनिएका तीन जनालाई प्रहरीले आइतबार नै संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।

हत्या गरिएको शाक्य सुन तस्करीमा संलग्न भरिया भएको प्रहरीले दावी गदै आएको छ ।

प्रहरी उपरीक्षक बिसीले मृतक र हत्यामा संलग्नको आशंकामा पक्राउ परेकाहरु पहिलादेखि नै साथी रहेको बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१