मधुेमह अर्थात् रगतमा अनियन्त्रित चिनीको मात्रा । सामान्यतया मधुमेह दुई प्रकारको हुने बताइए पनि स्वीडेन र फिनल्याण्डका अनुसन्धानकर्ताहरूले भने यो पाँचओटा फरकफरक रोगको सङ्गालो रहेको निष्कर्ष निकालेका छन् । अर्थात्, यसमा गरिने उपचार पनि फरक हुने उनीहरूको भनाइ छ । हाल विश्वका हरेक ११ जना वयस्कमध्ये एक जना मधुमेहबाट प्रभावित छन् भने यसले हृदयघात, अन्धोपन, पक्षाघात, मिर्गौलाको खराबीजस्ता जोखीमलाई समेत बढाएको छ । पहिलो प्रकारको (टाइप वान) मधुमेह भनेको रोग प्रतिरोधात्मक प्रणालीको कमी हो । यसले शरीरको इन्सुलिन उत्पादन घटाइदिन्छ र रगतमा चिनीको मात्रा नियन्त्रित राख्न चाहिने हर्मोनको मात्रा कम गराउँछ । दोस्रो प्रकारको (टाइप २) मधुमेह भने खराब जीवनशैलीका कारण हुने गर्छ । शरीरमा भएको बोसोले इन्सुलिनको कार्यक्षमतामा असर गर्छ । स्वीडेनस्थित लुण्ड युनिभर्सिटी डायवेटिज सेण्टर र फिनल्याण्डस्थित इन्ष्टिच्युट फर मलेकुलर मेडिसिनका अनुसन्धानकर्ताहरूले १४ हजार ७ सय ७५ जना बिरामीको अवस्था हेरेर यो निष्कर्ष निकालेका हुन् । यसमा ती बिरामीको रगत परीक्षणको विस्तृत विवरण जाँच गरिएको थियो । द ल्यान्सेट डायबेजिटज एण्ड एण्डोक्रिनोलोजीमा छापिएको अध्ययनअनुसार मधुमेहका बिरामीहरूलाई पाँचओटा अलग समूहमा विभाजन गर्न सकिन्छ । समूह १– यो मधुमेह टाइप वान जस्तै हो । यसले युवाहरूलाई बढी प्रभावित गर्छ । उनीहरू स्वस्थ नै देखिन्छन्, तर उनीहरूको इन्सुलिन उत्पादन गर्ने क्षमता घट्दै जान्छ । समूह २– यसमा बिरामीमा इन्सुलिनको अत्यन्त कमी हुन्छ । … Continue reading मधुमेह : नाम एक रोग पाँच
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed