भारतीय सीमाले शान्ति सुरक्षा कायम गर्न कठिन

दाङको दक्षिणी सीमावर्ती नाका क्षेत्र अहिले पनि विकटताले भरिएको छ । सबै खाले विकटता झेलि रहेको नाका क्षेत्रमा सञ्चारको पहुँच अहिलेसम्म पुग्न सकेको छैन । नाका क्षेत्रमा शान्ति सुरक्षाको लागि खटिएका प्रहरीहरुले समेत भारतीय सीमकार्ड प्रयोग गरेर आफ्नो कामकारवाही गरिरहेका छन् । २१ औं शताव्दीमा जिल्ला सदरमुकामबाट दुरीका हिसाबले समेत टाढा नभएको नाका क्षेत्रमा सञ्चारको पहुँच नहुनु दुःखको कुरा हो । यातायात, शिक्षा, स्वास्थ्यलगायतका अत्यावश्यक कुराहरुबाट विमूख नाकाबासी सञ्चारबाट पनि विमुख छन् । नाकाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन र सीमा रक्षा गर्न गएका प्रहरीहरु नै सञचारको पहुँच बाहिर रहनु विडम्वना हो । दाङको सीमा क्षेत्रमा २३ वटा नाकाहरु छन् । जसमध्ये अधिकांश क्षेत्रमा सञ्चारको पहुँच पुग्न सकि रहेको छैन । यसैगरी उत्तरतर्फका पहाडि गाविसका केही स्थानहरुमा अहिले पनि सञ्चारको पहुँच पुग्न सकेको छैन । यसैगरी पश्चिमको गंगटे लगायतका स्थान पनि सञ्चारबाट टाढा छन् । यस्तो बिडम्वना पूर्ण अवस्थामा रहेका विकट क्षेत्रमा शान्ति सुरक्षाको स्थिति बलियो हुनै सक्दैन । बिकट क्षेत्रमा सञ्चारले जबसम्म काम गर्न सक्दैन शान्ति सुरक्षाको स्थिति बलियो बनाउनै सकिदैन । कम्तिमा नाका क्षेत्रमा सञ्चारको पहुँच पुग्नसकेको खण्डमा टाढै भएपनि केही अप्रिय घटना हुँदा खबर गर्न सकिन्थ्यो, त्यो पनि छैन । सञ्चार, यातायात, सुरक्षालगायत राज्यका अन्य सेवासुविधाहरुबाट पनि बञ्चित नाका क्षेत्र र विकट क्षेत्रहरुमा सञ्चारलगायतका सेवाहरु पुगाउनका लागि सम्बन्धित … Continue reading भारतीय सीमाले शान्ति सुरक्षा कायम गर्न कठिन