ताजा अपडेट

घोराहीमा ब्युटिपार्लर र बुटिक सम्बन्धी तालिम सुरु

          |   144 Views   |   Published Date : 5th March 2018 |

दाङ, फागुन  । घोराही उपमहानगरपालिका वडा नं. १० मा ब्युटिपार्लर र बुटिक सम्बन्धी तालिम सुरु भएको छ । दलित कल्याण संघको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा सुरु भएको ब्युटिपार्लर र बुटिक तालिमको आईतबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको छ ।

आयोजक संस्थाका अध्यक्ष नरसिंह विश्वकर्माको अध्यक्षता तथा वडा सदस्य मंगल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा दलित महिला सदस्य केशरी विश्वकर्माले बोल्नु भएको थियो । दुई महिना सम्म चल्ने ब्युटिपार्लर तालिममा २० जनाको सहभागिता रहेको छ भने एक महिना सम्म सञ्चालन हुने बुटिक तालिममा ३० जना सहभागी छन् ।

बुटिक प्रशिक्षकमा शोभा विक रहनु भएको छ भने ब्युटिपार्लर तालिमको प्रशिक्षकमा सरस्वती थापा रहनु भएको संघले बताएको छ । संघका सदस्य अर्जुन परियारले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण सचिब सन्तोष चनाराले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१