ताजा अपडेट

भारतीय सीमाले शान्ति सुरक्षा कायम गर्न कठिन

          |   200 Views   |   Published Date : 5th March 2018 |

22894543_501999690169020_2704701790234596114_n

दाङको दक्षिणी सीमावर्ती नाका क्षेत्र अहिले पनि विकटताले भरिएको छ । सबै खाले विकटता झेलि रहेको नाका क्षेत्रमा सञ्चारको पहुँच अहिलेसम्म पुग्न सकेको छैन । नाका क्षेत्रमा शान्ति सुरक्षाको लागि खटिएका प्रहरीहरुले समेत भारतीय सीमकार्ड प्रयोग गरेर आफ्नो कामकारवाही गरिरहेका छन् ।

२१ औं शताव्दीमा जिल्ला सदरमुकामबाट दुरीका हिसाबले समेत टाढा नभएको नाका क्षेत्रमा सञ्चारको पहुँच नहुनु दुःखको कुरा हो । यातायात, शिक्षा, स्वास्थ्यलगायतका अत्यावश्यक कुराहरुबाट विमूख नाकाबासी सञ्चारबाट पनि विमुख छन् । नाकाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन र सीमा रक्षा गर्न गएका प्रहरीहरु नै सञचारको पहुँच बाहिर रहनु विडम्वना हो ।


दाङको सीमा क्षेत्रमा २३ वटा नाकाहरु छन् । जसमध्ये अधिकांश क्षेत्रमा सञ्चारको पहुँच पुग्न सकि रहेको छैन । यसैगरी उत्तरतर्फका पहाडि गाविसका केही स्थानहरुमा अहिले पनि सञ्चारको पहुँच पुग्न सकेको छैन । यसैगरी पश्चिमको गंगटे लगायतका स्थान पनि सञ्चारबाट टाढा छन् । यस्तो बिडम्वना पूर्ण अवस्थामा रहेका विकट क्षेत्रमा शान्ति सुरक्षाको स्थिति बलियो हुनै सक्दैन । बिकट क्षेत्रमा सञ्चारले जबसम्म काम गर्न सक्दैन शान्ति सुरक्षाको स्थिति बलियो बनाउनै सकिदैन ।
कम्तिमा नाका क्षेत्रमा सञ्चारको पहुँच पुग्नसकेको खण्डमा टाढै भएपनि केही अप्रिय घटना हुँदा खबर गर्न सकिन्थ्यो, त्यो पनि छैन । सञ्चार, यातायात, सुरक्षालगायत राज्यका अन्य सेवासुविधाहरुबाट पनि बञ्चित नाका क्षेत्र र विकट क्षेत्रहरुमा सञ्चारलगायतका सेवाहरु पुगाउनका लागि सम्बन्धित निकाय पनि गम्भीर हुनैपर्छ । पछिल्लो समयमा सञ्चारसंग जोडिएको नेपाल टेलिकम, एनसेल, हेलोमोवाइलले आफूलाई सबै नेपालीको घरघरमा पु¥याउने प्रयत्न गरिरहेका छन् । सबै दुरसञ्चार कम्पनीहरु नाफामूखी अबधारणा बोकेर ती निकायहरुले आफ्नो सेवा बिस्तार गर्दा ग्रामीण दुरदराजका बासिन्दाहरु सञ्चार सेवाबाट बञ्चित भइरहेका छन् ।
दाङमै केन्द्रीय कार्यालय रहेको हेलो मोवाइलले पनि जिल्लाका सबै स्थानमा आफ्नो पहुँच पुगाउन नसक्नु दुःखद पक्ष हो । कम्तिमा पनि आफूलाई पहाडका ग्रामीण भेगसम्म पु¥याउन सफल हेलो मोवाइलले दाङका सबै कुना काप्चाहरुमा आफ्नो सेवा पु¥याउनैपर्छ । कुनै पनि संस्थाको सफलता स्थानीयस्तरमा लोकप्रियता नकमाउँदासम्म हुनै सक्दैन । दाङ जिल्लाबासीले हेलो मोवाइलबाट धेरै अपेक्षा गरेका छन् ।

जिल्लालाई लक्षित गरेर आफ्नो सेवा प्रभावकारी बनाउने सवालमा हेलो मोवाइलले भूमिका खेल्न सकोस् । अन्य संस्थाहरुले पनि आफूलाई ग्रामीण क्षेत्रमा पुगाउने सवालमा ध्यान दिन सक्नुपर्छ । राज्यले पनि नाका क्षेत्र र ग्रामीण भेगहरुमा सञ्चारको पहुँच पु¥याउने सवालमा गम्भीरता देखाओस् । भारतीय सीमकार्ड प्रयोग गरेर शान्ति सुरक्षाको प्रत्याभूति गर भन्नु राज्यको लाचारीपन हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१