सिटी सेन्टरमा साथीले नै सुरक्षा गार्ड भुजेलको हत्या गरेको खुलासा
काठमाडौं– काठमाडौंको सिटी सेन्टरमा साथीले नै सुरक्षा गार्ड रबिन खवास भुजेलको हत्या गरेको खुलेको छ। सँगै काम गर्ने रुद्र बस्नेतले ४ तलाबाट खसालेर उनको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरु बिग मुभिजमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए। बिहीबार बेलुका सँगै मदिरा पिएका थिए। मदिरामा मात्तिएपछि झगडा भएको थियो। जसका क्रममा बस्नेतले उनलाई धकेलेर झारिदिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बस्नेतलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
Facebook Comments


Leave a comment