ताजा अपडेट

रेशम चौधरीसहित २४ थुनुवाले शुरु गरे कारागारमै आमरण अनशन

          |   371 Views   |   Published Date : 4th March 2018 |

aah

धनगढी, २० फागुन– टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलगायत २४ जना थुनुवाहरु कैलाली कारागारमा अनशन सुरु गरेका छन् ।

तीन बुँदे माग राख्दै उनीहरुले आज (आइतवार) साँझ पाँच बजेदेखि अनशन सुरु गरेको राष्ट्रिय जनता पार्टीकी नेतृ एवम् पूर्व सभासद मीना चौधरीले जानकारी दिइन् ।

सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्र दिनुपर्ने र शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, टीकापुर घटनामा आरोपित २६ जनालाई तत्काल क्षतिपूर्तिसहित रिहाई गरिनुपर्ने र थरुहटका माग सम्बोधन गरिनुपर्ने माग गर्दै अनशन सुरु गरेको जनाइको छ ।

उक्त घटनाको अभियोगमा २४ जना कैलाली करागारमा छन् भने, दुई जना नाबालकलाई पोखरास्थित बालसुधार गृहमा राखिएको छ ।

REsham_Ansan_IRTeMqqjM7

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१