फ्राइडे सिनेमा : ‘नाका’, ‘ब्लाइन्ड रक्स’ र ‘परी’बीच भिडन्त

काठमाडौं, फागुन १८ – शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘नाका’ र ‘ब्लाइन्ड रक्स’सँगै बलिउड चलचित्र ‘परी’ प्रदर्शनमा आएका छन् । तीनै चलचित्र फरक विषय वस्तुमा आधारित भएकाले रोचक प्रतिस्पर्धा हुने चलचित्र विस्लेषकहरुको भनाई छ । बहु प्रतिक्षित घरेलु चलचित्र ‘नाका’मा पशुपतिप्रसाद चलचित्रमा भष्मे डनको नामबाट चर्चामा आएका विपिन कार्कीसँगै थिन्ले ल्हामो, रोबिन तामाङ, शिव मुखिया प्रकाश गन्धर्व, सुजन थापा मगरलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । अमित श्रेष्ठको निर्देशन र अभिशेख सुवेदीको लेखन रहेको यो चलचित्रमा नेपाल चीन सीमा क्षेत्र र बाह्रबिसे वरपर हुने विभिन्न सुन, रक्तचन्दनलगायतका बहुमूल्य धातुहरुको तस्करी गर्ने विषयलाई देखाइएको छ । यस चलचित्रलाई चिन्तनराज भण्डारीले छायांकन गरेका हुन् भने चलचित्रका निर्माता प्रविन टक्की कार्की हुन् । यो चलचित्र उपत्यका बाहिर बिहीबारदेखि लागेको थियो भने उपत्यकामा शुक्रबारबाट प्रदर्शमा आएको हो । त्यस्तै शुक्रबारबाटै प्रदर्शनमा आएको घरेलु चलचित्र ‘ब्लाइन्ड रक्स’ १६ वर्षको उमेरमै डाक्टरको लापरवाहीमा दुवै आँखा गुमाएकी सृष्टी केसीको जीवनमा आधारीत चलचित्र हो । चलचित्रमा नायिका वेनिशा हमाल, अर्पण थापा, गौरी मल्ललगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । मिलन चाम्सको लेखन र निर्देशन रहेको यस चलचित्रमा निकेश लिम्बुको लगानी रहेको छ । चलचित्रलाई रामकुमार केसीले छायांकन गरेका हुन् भने नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । यी दुई चलचित्रसँगै बलिउड चलचित्र ‘परी’ पनि शुक्रबारदेखि प्रदर्शनमा … Continue reading फ्राइडे सिनेमा : ‘नाका’, ‘ब्लाइन्ड रक्स’ र ‘परी’बीच भिडन्त