ताजा अपडेट

एक लेखकको कर्तव्य

          |   137 Views   |   Published Date : 1st March 2018 |

17310295_1827421800844649_3234734433421431565_o लक्ष्मण शर्मा तिमी किन लेख्छौ ? लेखे बाफत तिमीलाई के मिल्छ ? तिम्रो लेखले यो समाजलाई के योगदान पु¥यायो र कतिलाई प्रेरणा मिल्यो ? जब एक जना परम् मित्रले मलाई यी प्रश्नहरुको बाण तेर्साए तव मलाई यसको उत्तर नदिई आत्मसन्तुष्टीको साथ बस्न दिएन ।

म माथि ठूलो नैतिक दवाव सृजना भयो । साच्चै कोही किन लेख्छन् भन्ने प्रश्न मेरो मनमा बारम्बार आइरह्यो, त्यसपछि । आत्मसन्तुष्टिको लागि वा समाजमा सकारात्मक सन्देश फैलाउनको लागि वा लेखद्वारा समाज भइरहेका बिकृति माथि खवरदारी गर्नको लागि वा आर्थिक लाभको लागि वा परिचयको लागि वा प्रेरणाको लागि ? इमान्दारी पूर्वक भन्नु पर्दा मैले किन लेख्छु त्यो स्वयम् म आफैलाई थाहा छैन ।

मेरो लेखले कति सकारात्मकता फैलायो वा खवरदारी ग¥यो वा प्रेरणा दियो त्यो पनि मलाई थाहा हुने कुरा भएन तर कहिलेकाँही म आत्मसन्तुष्टीका लागि लेख्छु । जब मनमा यो ठीक भएन, यो हुनु पर्ने हो वा उसले यो समाजको लागि यत्रो योगदान पु¥यायो, त्यसको बारेमा समाजमा सकारात्मक सन्देश दिनुपर्छ भन्ने लाग्छ तव लेखिन्छ । मलाई यो समाज र राष्ट्रको लागि निस्वार्थ भावनाले काम गर्ने ब्यक्ति धेरै प्रिय लाग्छ । उनीहरुको लागि केही गरुगरु जस्तो लाग्छ, सायद सबैलाई यस्तै लाग्दो हो ।
नयाँ संचार नीति मार्फत अभिब्यक्ति स्वतन्त्रताको ब्यवहारिक कार्यन्वयन गर्नु जरुरी छ । अभिब्यक्तिका कारण कुनै पनि हालतमा सञ्चार माध्यममाथि प्रतिबन्ध नलाग्ने र कुनै पनि बाहानामा सुचना र विचारको हक खोस्न नमिल्ने लोकतान्त्रिक प्रावधानलाई कसरी कार्यरुप दिने हो त्यसबारे यो नीतिले प्रष्ट पार्नुपर्दछ । समाचार वा विचार संप्रेषणको जवाफ समाचार वा विचार संप्रेषणले मात्रै हुन सक्छ भन्ने संस्कृति र कानुनको विकास गरिनु पर्दछ ।

निजी सञ्चार गृहमा पत्रकारिताको मूल्य र मान्यता अनुसार काम गर्नमा कुनै बाधा विरोध रहे त्यसलाई निषेध गर्नु पर्दछ । सुचनाको हकको सुनिश्चिता गर्ने, सुचनाको हकबारे जनमानसलाई सचेत बनाउने र सुचनाको हकको माध्यमले अभिब्यक्ति स्वतन्त्रतामात्र होइन सुशासनको पक्षमा समेत योगदान हुने स्थिति पैदा गर्नु जरुरी छ ।
निजि क्षेत्रलाई पनि दक्ष र चुस्त बनाउनु पर्दछ । लागत र लाभको विश्लेषण विना अनावश्यक जनशक्ति र भौतिक श्रोतमा लगानी, तिनको दक्ष प्रयोगको अभाव र सेवा क्षमतामा रहेको ढिला सुस्ती जस्ता कुरामा निजि सञ्चार गृहले विचार पु¥याउनु पर्दछ । मिडियाको दुरुपयोग रोकी यसको गरिमा कायम राख्न र गुणस्तर बृद्धिमा पनि आचार संहिताको महत्वपूर्ण भूमिका रहन्छ । नेपालमा आचार संहिता पालनको स्थिति सन्तोषजनक छैन ।

मिडियामा आचार संहिताको कुरा गर्ने तर पत्रकारको न्युनतम् योग्यता कति ? त्यता तिर वास्तै नगर्ने ? साक्षर हुने वित्तीकै पत्रकार बन्न योग्य हुने ? एस.एल.सी. पास भए योग्य पत्रकार बनी हाल्ने ? पत्रकार बन्ने सिमा के हो ? पत्रकारका लागि योग्यता के हो र कति हो ? त्यसको निर्धारण नभए सम्म कसरी बन्न सक्छन् सबै मिडिया नैतिकवान ? हरेक मिडियाले आफ्नै आचार संहिता बनाई आफैले घोषणा गर्नुपर्ने ब्यवस्था गरिएमा पनि स्वअनुशासनमा बृद्धि हुनेछ ।

निर्माण गरेको आचार संहितालाई सम्मान जनक रुपमा लागु गर्ने र यदि भूलचुक, जानअन्जाान आचार संहिता उल्लंघन भएका घटना घटाउनका लागि पनि पत्रकारको योग्यता निर्धारण गर्नु आवश्यक छ । अहिले प्रिन्ट मिडियाको मात्र मनिटरिङ भइरहेको छ । विद्युतिय मिडियाको पनि मनिटरिङको ब्यवस्था हुनु पर्दछ ।

अनलाइन मिडियाको लागि यसको कार्य प्रकृति अनुरुप थप आचार संहिता तयार हुनु पर्दछ । फिल्म सेन्सरलाई उदार गर्नु पर्छ । मिडिया र फिल्मको सार्वजनिक समिक्षा हुने वातावरणलाई प्रोत्साहित गर्नुपर्छ यसबाट जनस्तरमा मिडियाको खवरदारी बढ्नेछ । मुलुकले स्वीकारेको भेद्भावहिनताको पछिल्लो नीतिलाई सञ्चार माध्यहरुका विषय, शैली र प्राथमिकतामा प्रतिविम्वित गर्नुपर्छ । नीजि सञ्चार सस्थाहरुमा महिला, दलित, जनजाति, अपाङ्ग, पिछडिएको क्षेत्र आदि समेतलाई सामेल गर्ने व्यवस्था गरिनुपर्छ । किनारामा पारिएका जाती, भाषा, क्षेत्रका लागि विशेष व्यवस्था गर्नुपर्दछ ।
नागरिक प्रत्रकारिताको अवधारणा अनुसार नागरीकले ब्यवसायी पत्रकारीताको तालिम विना आधुनिक प्रविधिको प्रयोग गरेर आफ्ना विचार, आफूले खिचेका तस्विर वा भिडियो फुटेजहरु संचार उपभोक्ताको हैसियतले ब्यवसायीक पत्रकारद्वारा उपलब्ध गराइएको सञ्चार माध्यम मार्फत संप्रेषण गर्दछ । नागरिक पत्रकारले आफ्नै ब्लग मार्फत पनि ब्यवसायीक पत्रकारितामा देखिएका कमजोरीहरुलाई औल्याउन सक्छ ।

सत्य तथ्य कुराहरुलाई बाहिर ल्याउन सक्छ । पछिल्ला बर्षहरुमा कुनै पनि सामाजिक घट्नाक्रमको रिपोर्टिङ गर्ने ब्यवसायिक पत्रकारले नागरीकलाई समाचार निर्माणमा सहभागी गराउन थालेका छन् जसबाट नागरीकका आवाज अगाडि आउनुको साथै समाचारको सत्यताको पक्ष बलियो भएको छ । सुचना प्रविधिको विकासले यतिवेला विश्वलाई एउटा आइप्याड वा डेस्कटपमा सिमित गरिदिएको छ । यसले गर्दा पनि नागरिक पत्रकारहरुले नयाँ जिवन पाएका छन् ।

नागरिक पत्रकारिता सेन्सरसिपको सीमा भन्दा बाहिर हुने हुनाले पनि यसको ब्यापकता भएको हो । नेपालको सन्दर्भमा जव मूल प्रबाहका सञ्चार गृहहरुले नागरिकका टिप्पणीका लागि पाठक पत्रको स्थान छुट्टाए तव देखि नागरिक पत्रकारिताको इतिहास शुरु भएको हो । नागरिक पत्रकारिता स्वच्छन्दताबादी अवधारणा भएकोले ब्यक्ति, समाज वा देश प्रति यसको जिम्मेवारी वोधको प्रश्न यतिवेला टड्कारो रुपमा उठ्ने गरेको छ ।

मूल प्रबाहका सञ्चार माध्यमले पनि नागरिकहरुका लागि दिने स्थान र उनीहरुले अभिब्यक्त गर्ने विचारले पनि कसैको मानहानि गर्ने वा असत्य घटनाबारे सामाग्री उपलब्त्र गराउने स्थिति आएमा देश र जनता प्रतिको जिम्मेवारी वोधलाई बोध गरी त्यस्ता सामाग्रीलाई स्थान दिनु हुदैन । यसैगरी नागरिक पत्रकारहरुले आफुले खोलेका ब्लगहरुमा घटना संप्रेषण गर्दा कसैको मानहानी नहुने किसिमले गर्न जरुरी छ ।

समाजमा रहेका विकृति तथा विसंगति विरुद्ध शब्दको माध्यमद्वारा घचघच्याउदा कसैको भावनामाथि चोट पुग्नु हुँदैन । सत्यलाई शब्दको माध्यमद्वारा ब्यक्त गर्दा लेखकले समाजका विभिन्न ओहदामा बसेका ब्यक्तिहरुको मर्यदालाई ख्याल गर्नु पर्दछ र ति ब्यक्तिहरुले पनि शब्दलाई शब्दको रुपमा नवुझि त्यसले दिन खोजेको शन्देशलाई बुझ्नु पर्दछ ।

एक लेखकको कर्तब्य भनेको समाजमा दखिने विकृतिहरुको भण्डाफोर गर्दै समाजलाई सकारात्मक बाटोतर्फ दो¥याउनु हो जस्तो लाग्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१