ताजा अपडेट

सिरिया नाकामा नेपाल प्रहरीले बोक्छन् भारतीय सिम

          |   174 Views   |   Published Date : 28th February 2018 |

 दाङ – भारतीय फोनबाट दाङमा प्रहरीले सञ्चार प्रवाह गरिरहेको छ ।

जिल्लामा भारतीय सीमा जोडिएका प्रहरी युनिट अहिले पनि भारतीय फोनको भरमा सञ्चार प्रवाह गरिरहेका छन् । नेपाल भारत नाका क्षेत्रका अधिकांश प्रहरी चौकीले भारतीय सिम प्रयोग गर्दै आएका छन् ।

नाका क्षेत्रमा नेपालका कुनै पनि सञ्चार सञ्जालले काम नगरेपछि त्यहाँका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गर्दै आफ्नो सञ्चार प्रवाह गर्नुपरेको हो । खबर आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

सीमा प्रहरी चौकी खङग्रा, सीमा प्रहरी चौकी भैसाही, अतिरिक्त प्रहरी पोस्ट सिरिया नाका, अतिरिक्त प्रहरी पोस्ट डगमारा नाका, मुसिनाकाले भारतीय फोन नम्बर प्रयोग गर्दै नेपाल प्रहरीमा सञ्चार प्रवाह गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी कन्ट्रोलले जानकारी दिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१