सिरियामा भएको नरसंहारप्रति ध्यानाकर्षण
घोराहीमा पत्रकार सम्मेलन गरेर सिसा नेपालले आक्रमणबाट महिला तथा बालिकाहरु ठुलो संख्यामा मारिएको भन्दै यो मानवता विरोधी कार्य भएको बताएको छ । संस्थाका अध्यक्ष साजिदा सिद्धिकीले अमेरिकाले गरेको आक्रमणबाट दुधे बालबालिकाहरुको विभत्स रुपमा मृत्यु भएको जनाउँदै मानवअधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय निकायहरुलाई छानबिन गर्न अपिल गर्नुभएको छ ।
‘संसारको सबै भन्दा विकसित मुलुक र मानवअधिकार ग्यारेन्टी भएको देशले गरेको आक्रमण निन्दनीय छ । द्वन्द्वबाट सबै भन्दा बढि महिला तथा बालबालिकाहरु प्रभावित हुन्छन्’, अध्यक्ष सिद्धिकीले भन्नुभयो, ‘यो मानवअधिकार बिरोधी कार्य हो ।
यसको सत्यतथ्य छानबिन गर्न विश्व समुदायले आवाज उठाउनुपर्छ ।’ कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले आन्तरिक राजनीतिक विषयमा भएको युद्धले साना बालबालिकाहरुको हत्या हुने गरी भएको आक्रमण निन्दनिय भएको बताउनुभयो ।



Leave a comment