रुकुम पश्चिममा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती
रुकुम, फागुन । रुकुम पश्चिममा एम्वुलेन्स नहुँदा बिरामीलाई सास्ती भएको छ । जिल्ला अस्पताल सल्लेमा भएको एउटै मात्र एम्वुलेन्स एक वर्षदेखि बिग्रिएपछि बिरामीलाई सास्ती भएको हो । सिंगो जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा गम्भीर प्रकृतिका बिरामी, सुत्केरी, वृद्धवृद्धा र बालबालिकालाई अस्पताल ल्याउन समस्या भएको छ । जिल्ला अस्पतालको एम्बुलेन्स धेरै पुरानो भएको र पटकपटक मर्मत गर्दा पनि सञ्चालन गर्न नसकिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष शिव आचार्यले बताए । त्यस्तै नेपाल रेडक्रस सोसाईटीको एम्बुलेन्स पनि बिग्रिएर थन्किएको छ । जिल्लामा एउटै पनि एम्बुलेन्स नभएपछि विरामीहरु महंगो शुल्क तिरेर निजी सवारी रिजर्भ गर्न बाध्य छन् । पैसा नहुनेहरुले विरामीलाई डोकोमा बोकेर अस्पतालसम्म ल्याउनुपरेको छ । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed