ट्रायल नै नदिई लाइसेन्स बनाइदिने भन्दै २५ हजार असुली, यातायातका कर्मचारी पक्राउ
काठमाडौं– ट्रायल नै नदिई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने भन्दै घुस असुल्ने यातायात कार्यालयका कर्मचारी पक्राउ परेका छन्।
यायातात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले नासु लेखनाथ भुषाललाई २५ हजार रुपैयाँ घुससहित बानेश्वरबाट पक्राउ गरेको हो।
भुषालले सेटिङ मिलाएर ट्रायलबिना नै लाइसेन्स बनाइदिने भन्दै पैसा लिएका थिए। पैसा लिएलगत्तै उनलाई मंगलबार साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो।
Facebook Comments

Leave a comment